एथर स्कुटरमा अब भ्वाइस कमान्ड सुविधा पनि, कसरी गर्छ काम ?

एथर इनर्जीले आफ्नो जेन थ्री र नयाँ स्कुटरमा ’भ्वाइस अन एथर’ सुविधा उपलब्ध गराएको छ । यो सुबिधा एथर ४५० एक्स, ४५० एपेक्स र रिज्टा जेडमा उपलब्ध हुने जनाइएको छ ।

सो नयाँ भ्वाइस कमान्ड सुविधाले प्रयोगकर्तालाई ब्लुटुथ हेडसेट वा एथरको हेलो स्मार्ट हेलमेट मार्फत आवजकै भरमा विभिन्न फंक्सनहरु नियन्त्रण गर्न सकिन्छ ।

नयाँ फिचर अपडेटसँगै एथर स्कुटरमा सवार राइडरले अव चार्जिङ स्टेशन खोज्न, ट्रयाक्सन कन्ट्रोल र म्याजिक ट्विस्ट रिजेन स्तरहरू समायोजन गर्न नेभिगेसन प्रणाली सञ्चालन गर्न सक्नेछन् । साथै, कनेक्ट गरिएको स्मार्टफोन मार्फत कल गर्न र मिडिया प्लेब्याक नियन्त्रण गर्न भ्वाइस कमान्ड प्रयोग गर्न सकिन्छ ।

एथरका अनुसार, यो सुविधा उपयोगितालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसले आदेशहरूको व्याख्या गर्न ठूला भाषा मोडल (एलएलएमएस) र प्राकृतिक भाषा प्रशोधन प्रयोग गर्दछ । भविष्यमा, स्कुटरले राइडरसँग सक्रिय रूपमा अन्तरक्रिया गर्न तथा अलर्ट, सुझाव र प्रतिक्रिया सञ्चार गर्न सक्षम हुने दाबी गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...