अर्को साता एथरको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्दै वैद्य इनर्जी, ९९९ रुपैयाँमै बुकिङ

काठमाडौं – नेपालका लागि एथर ईभी स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले अब एथर रिज्टा एस इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । गत वर्षको नाइमा मोबिलिटी एक्सपोमार्फत पहिलो पटक एथर ब्रान्ड अन्तर्गत एथर रिज्टा जेड स्कुटर सार्वजनिक गरेको वैद्य इनर्जीले आगामी मार्च २७ अर्थात चैत १३ मा नयाँ स्कुटर एथर रिज्टा एस सार्वजनिक गर्ने घोषणा गरेको छ ।

एथर ब्रान्डप्रति प्राप्त अत्यधिक सकारात्मक प्रतिक्रिया र हाल बढ्दो पेट्रोलियम मूल्यको सन्दर्भमा यो स्कुटरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताइएको छ । सो मोडलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ।

नेपाली परिवारहरूको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको रिज्टा एसलाई सबैभन्दा व्यवहारिक र सहज पहुँचयोग्य इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ, जसले स्मार्ट र दिगो यातायाततर्फ नेपाललाई अघि बढाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

देशभरका ग्राहकहरूले अब केवल ९९९ रुपैयाँको प्रारम्भिक रकममा रिज्टा एस बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्ता योग्य हुनेछ।

सो स्कुटर बुकिङ गर्ने प्रारम्भिक ग्राहकहरूले विशेष परिचयात्मक मूल्य लाभ लिन सक्नेछन्, जसले रिज्टा एसलाई बजारकै ‘भ्याल्यु फर मनी’ भएको ईभी स्कुटर बनाउने कम्पनीको भनाइ छ ।

एथर रिज्टा एस नेपालीहरुको दैनिक जीवनका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ । रिज्टा एस नेपाली परिवारहरूको आवश्यकता केन्द्रमा राखेर डिजाइन गरिएको छः जसले सिंगल चार्जमा १२३ किलोमिटरको रेन्ज दिन्छ । यसकारण यो दैनिक आवागमनका लागि उपयुक्त छ । यसमा फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले गर्दा १० मिनेटमै १५ किमी सम्मको दूरी थप्न सकिने सुविधा उपलब्ध हुन्छ ।

त्यसैगरी यो स्कुटरमा ३४ लिटरको विशाल अन्डरसिट स्टोरेज छ भने सबै उमेर समूहका लागि सहज यात्रा प्रदान गर्न आरामलाई प्राथमिकता दिने डिजाइन गरिएको छ । यसमा प्रदर्शन र दक्षताको सन्तुलनको रुपमा ८० किलोमिटर प्रतिघण्टा सम्मको गति छ । यसका साथै, रिभर्स मोड, अटो होल्ड र पार्क असिस्ट जस्ता सुविधाहरूले व्यस्त सहरमा समेत सहज र तनावमुक्त सवारी अनुभव प्रदान गर्छ।

एथरले सधैं विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताएको छ। रिज्टा एसमा ५ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सहितका बलिया वारेन्टी विकल्पहरू उपलब्ध छन्, जसले विद्युतीय सवारीतर्फ सर्ने ग्राहकहरूलाई दीर्घकालीन आत्मविश्वास प्रदान गर्छ।

नेपालमा रिज्टा जेडले पाइसकेको लोकप्रियताका आधारमा, रिज्टा एसलाई ईभीतर्फको उत्कृष्ट प्रवेश बिन्दुका रूपमा डिजाइन गरिएको छ, विशेष गरी पेट्रोल स्कुटरको सट्टा किफायती, झन्झटरहित र फ्युचर रेडी विकल्प खोजिरहेका परिवारहरूका लागि यो स्कुटर उपयुक्त भएको बताइएको छ ।

वैद्य इनर्जीले एथर रिज्टा एस आगामी मार्च २७ अर्थात चैत १३ गते देशभर आधिकारिक रूपमा सार्वजनिक हुने र एथर एक्सपिरियन्स सेन्टरहरू मार्फत उपलब्ध हुने घोषणा गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...