नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरेको छ। सो गिभअवेको भाग्यशाली विजेता शालिक जी बनेका छन्। उनलाई सो इलेक्ट्रिक स्कुटर सोमबार आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएको छ ।

गत साउन २१ देखि २६ सम्म नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आयोजित ‘विन द रिज्टा’ अभियान अन्तर्गत उनी सो विजेता बनेका हुन् ।

सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर इनर्जीको फेमिली सिरिजको प्रमुख मोडल हो। यसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन् । यसले सिंगल चार्जमा अधिकतम १६० किलोमिटर सम्मको आईडीसी प्रमाणित रेन्ज दिन्छ, र सबै भेरिएन्टको उच्चतम गति ८० किलोमिटर प्रतिघण्टा छ ।

यो स्कुटरमा विशाल ५६ लिटर स्टोरेज क्षमता छ । यस अन्तर्गत सिट मुनि ३४ लिटर र अगाडि वैकल्पिक ‘फ्रङ्क’ मा थप २२ लिटर स्टोरेज छ । यसमा फराकिलो र लामो सिट, पिलियन ब्याकरेस्ट र ठूलो फ्लोरबोर्ड सहितको सुविधा भएकोले विशेषगरी पारिवारिक यात्राका लागि अनुकूल छ ।

स्कुटरमा अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ–लोकेसन सेयरिङ, चोरी/टो अलर्ट र ‘पिङ माई स्कुटर’ सुविधा जस्ता आधुनिक राइड–असिस्ट प्रविधिहरू छन् ।

७ इन्चको टीएफटी डिस्प्ले, सहज नेभिगेसन र एथरस्ट्याक ६ मार्फत कनक्टिभिटी गर्न सकिने उन्नत डिजिटल इन्टरफेस यसमा उपलब्ध छन् । यो स्कुटरमा भेरिएन्ट कस्टमाइजेसन गर्न सकिने सुविधा छ । यो ड्युअल टोन स्किम सहित सात आकर्षक रंगमा उपलब्ध छ । यसका साथै प्रिमियम ड्युअल टोन सिट र पिलियन ब्याकरेस्टको सुविधा समेत छ ।

भारतमा एथर इनर्जीको सबैभन्दा बढी बिक्री हुने मोडलको रुपमा एथर रिज्टा बनेको छ । यसले कुल बिक्रीको ६० प्रतिशत हिस्सा लिदै बिक्री शुरु भएको एक वर्ष भित्रै १ लाख युनिट भन्दा बढी बिक्रीको रेकर्ड कायम गरेको छ ।

नेपालमा वैद्य इनर्जीले एथरका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ । हाल यसका ८ वटा एक्सपेरियन्स सेन्टर रहेका छन् । त्यसैगरी सवारीको अनुभव दिलाउनका लागि १ विशेष टेस्ट राइड जोन उपलब्ध छ भने गुणस्तरीय बिक्रीपछिको सेवा र मर्मतका लागि ७ भन्दा बढी सर्भिस सेन्टर रहेका छन् । देशभर सहज चार्जिङका लागि २३ भन्दा बढी एथर ग्रिड फास्ट–चार्जिङ स्टेसन रहेका छन् ।

यी सुविधाहरूले ग्राहकलाई खोज, टेस्ट राइड, सेवा र चार्जिङसम्मको सम्पूर्ण स्वामित्व अनुभव सहज र उत्कृष्ट बनाउने वैद्य इनर्जीको प्रतिबद्धतालाई दर्शाउने कम्पनीले दावी गरेको छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट...

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर...

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...