डिलर विस्तारमा आक्रामक बन्दै एथर, झम्सिखेलमा खुल्यो दोस्रो शोरूम

काठमाडौं – वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम (एक्सपेरियन्स सेन्टर) झम्सिखेलमा स्थापना गरेको छ । एथर स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इनर्जीले ललितपुरको झम्सिखेलमा दोश्रो शोरूम संचालनमा ल्याएको हो ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुनेमा पहिलो सर्भिस सेन्टर पनि गत साताबाट संचालनमा ल्याएको छ ।

झम्सिखेलको शोरूम लगत्तै फागुन भित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा आउनेछ भने ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा आउने कम्पनीको भनाइ छ ।

चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको छ भने काठमाडौं बाहिर पोखरा, चितवन, बुटवल र इटहरीान शोरूम संचालनसंगै उक्त स्थानहरुमा ४ बटा फास्ट चार्जर राखिनेछ ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ । एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...

दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य

दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य

दिल्ली सरकारले बढ्दो वायु गुणस्तर समस्याहरूलाई सम्बोधन गर्न एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...