४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै भेरिएन्टको मूल्य घटेको छ । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले नेपाली बजारमा नयाँ २०२५ संस्करणको मोडल भित्र्याए पश्चात मूल्य समेत घटाएको हो ।

नेपाली बजारमा एथर ४५० एस र एथर ४५० एक्स रहेका छन् । ती मध्ये एथर ४५० एसको एउटै भेरिएन्ट उपलब्ध छ भने एथर ४५० एक्सको दुईवटा भेरिएन्ट रहेका छन् ।

एथर ४५० एसको मूल्य पहिले ३ लाख ५० हजार रुपैयाँ रहेकोमा अब २५ हजार रुपैयाँ मूल्य घटेर ३ लाख २४ हजार ९९९ मात्र रहेको छ । यसमा २.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा १२२ किलोमिटरको रेन्ज दिने बताइएको छ भने वास्तविक रेन्ज १०५ किलोमिटर भएको कम्पनीको भनाइ छ ।

यो इलेक्ट्रिक स्कुटरलाई शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न साढे ५ घण्टा लाग्छ भने शून्य देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन्छ ।

त्यसैगरी एथर ४५० एक्सको २.९ किलोवाट आवर ब्याट्री प्याक भेरिएन्टको मूल्य पहिले ३ लाख ९९ हजार ९९९ रुपैयाँ रहेकोमा अब यसको मूल्य ३ लाख ६४ हजार ९९९ कायम गरिएको छ । यसमा एकैपटक ३५ हजार रुपैयाँ मूल्य घटेको छ ।

यो मोडलमा भएको ब्याट्रीले सिंगल चार्जमा १२६ किलोमिटर रेन्ज दिने बताइए तापनि वास्तविक रेन्ज १०५ किलोमिटर सम्म हुने कम्पनीको भनाइ छ । यसले शून्य देखि ४० किलोमिटर प्रतिघण्टा सम्मको गति ३.३ सेकेन्डमै लिन सक्छ । यसमा भएको ब्याट्रीलाई शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न ३ घण्टा लाग्छ ।

त्यसैगरी एथर ४५० एक्सको ३.७ किलोवाटर आवर ब्याट्रीयुक्त भेरिएन्टको मूल्य ४ लाख ३९ हजार ९९९ बाट घटाएर ३ लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसमा एकै पटक ४० हजार रुपैयाँ मूल्य घटेको हो ।

यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १६१ किलोमिटरको रेन्ज दिने बताइएको छ भने वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको भनाइ छ ।

यो इलेक्ट्रिक स्कुटरलाई शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न साढे ४ घण्टा लाग्छ भने शून्य देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.३ सेकेन्डमै लिन्छ ।

तीनवटै भेरिएन्टको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा टीएफटी टचस्क्रिन, गुगल म्याप्स लगायका विभिन्न फिचर छन् ।

सबै स्कुटरमा ५ वर्ष वा ६० हजार किलोमिटर गुड्ने अवधि सम्मको ब्याट्री वारेन्टी, ३ वर्ष वा ३० हजार किलोमिटर सम्मको स्कुटर वारेन्टी र एथर पोर्टेबल चार्जरमा ३ वर्षको वारेन्टी रहेको छ ।

सम्बन्धित समाचारहरू

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

काठमाडौं – एम्पियर ग्रिभ्स इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...