एथरका ५ लाख युनिट स्कुटर उत्पादन, बढ्दो माग पुरा गर्न नयाँ प्लान्ट बनाउँदै

भारतिय ईभी ब्रान्ड एथरले ५ लान युनिट स्कुटर उत्पादनको माइलस्टोन पार गरेको छ । कम्पनीले हालै बैंगलोर नजिकैको होसुरमा रहेको आफ्नो उत्पादन प्लान्टबाट ५ लाख औं युनिट उत्पादन गरेको हो ।

५ लाख युनिट उत्पादन हाँसिल गर्नु एथरका लागि एक प्रमुख कोशेढुङ्गा रहेको कम्पनिका सह–संस्थापक एबं सीटीओ स्वप्निल जैनले बताए । उनले भने, ‘यो उपलब्धिले उत्पादनको हरेक चरणमा गुणस्तरमा वर्षौंको ध्यान केन्द्रित गर्ने इन्जिनियरिङ र कठोर परीक्षणलाई प्रतिबिम्बित गर्दछ । यसले हाम्रो टोलीको समर्पण र हाम्रो ग्राहक प्रतिको विश्वासलाई पनि हाइलाइट गर्दछ ।’

कम्पनीले उत्पादन गरेको ५ लाखा औं युनिट स्कुटर रिज्टा रहेको जनाइएको छ । जसले, एथरको कुल उत्पादनमा एक तिहाइ भन्दा बढी हिस्सा ओगटेको छ । रिज्टा फेमिली स्कुटरका रुपमा चर्चित वनिरहेको छ ।

एथरको हाल होसुरमा दुईवटा उत्पादन प्लान्ट रहेको छ भने यी प्लान्टबाट बार्षिक ४ लाख २० हजार युनिट स्कुटर उत्पादन गर्न सकिन्छ । त्यसैगरी कम्पनिले बढ्दो माग पूरा गर्न महाराष्ट्रमा ‘फ्याक्ट्री ३.०’ स्थापना गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

एथर ४५० एक्समा ओटीए अपडेट मार्फत इन्फिनिट क्रुज सुविधा पाइने

एथर ४५० एक्समा ओटीए अपडेट मार्फत इन्फिनिट क्रुज सुविधा पाइने

एथर इनर्जीले ४५० एक्समा इन्फिनिट क्रुज सुविधा प्राप्त गर्ने घोषणा गरेको छ...

एथर स्कुटरमा अब ८ वर्ष अर्थात ८० हजार किलोमिटर वारेन्टि

एथर स्कुटरमा अब ८ वर्ष अर्थात ८० हजार किलोमिटर वारेन्टि

विद्युतिय स्कुटर निर्माता एथरले अब आफ्नो ब्याट्री प्याकहरूमा ८ वर्ष...

एथर ४५० एपेक्समा अव क्रुज कन्ट्रोल फिचर पनि, मूल्य कति ?

एथर ४५० एपेक्समा अव क्रुज कन्ट्रोल फिचर पनि, मूल्य कति ?

एथर इनर्जीले ४५० एपेक्सलाई क्रुज कन्ट्रोल फिचरसहित अपडेट गरेको छ । ४५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...