बैशाख महिनामा नेपाल भित्रिए १,४३४ ईभी, हाल सम्म कति ?
काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्त सम्म नेपालमा ८...
काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने भएको छ । नेपालमा सो ब्रान्डलाई बिक्री गर्न बैद्य इनर्जी नियुक्त भएसंगै नेभेम्वरदेखी एथर ब्रान्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा एथरको यात्रा नेपालमार्फत सुरु भएको जानकारी दिँदै कम्पनीका चिफ विजनेस अफिसर रबनीत फोकेलाले भने, ‘नेपालमा इलेक्ट्रिक भेइकलको माग बढीरहेको हामीले पाएका छौ । यस्तोमा भारतको अग्रणी इलेक्ट्रिक टु–ह्विलर एथरलाई नेपालकै प्रतिष्ठित बैद्य ग्रुपसंग सहकार्य गरी बिक्री गर्ने निर्णय लिएका हौं ।’
नेपाली बजारमा एथरको यात्रा ४५० एक्समार्फत हुने कम्पनीको भनाई छ । सो स्कुटर २.९ र ३.७ किलोवाट आवर ब्याट्री प्याकको अप्सनमा उपलब्ध रहँदै आएको छ । सो ब्याट्रीलाई फुल चार्ज गर्न ५ घण्टा ४० मिनेट लाग्द छ भने सिंगल चार्जमा यसले १४६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दावी गरिएको छ । स्कुटरलाई प्रतिघण्टा ९० किलोमिटरसम्मको गतीमा हाँक्न सकिन्छ । यसमा ६.४ किलोवाटको मोटर जडान गरिएको छ ।
स्कुटरमा गुगल म्याप सामेल ७ इन्चको टिएफी टचस्क्रिन, एलइडी हेडलाइट, कम्वाइन्ड ब्रेकिङ सिस्टम र अटो होल्ड एसिस्ट लगायत अन्य थुप्रै आधुनिक फिचर दिइएको छ । सो स्कुटरको मूल्य भारतमा १ लाख ३८ हजार र १ लाख ४५ हजार भारु निर्धारण गरिएको छ ।
काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्त सम्म नेपालमा ८...
काठमाडाैं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी...
इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...