एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नेपाली बजारमा २०२५ एथर ४५०एक्स र ४५०एस उपलब्ध गराएको घोषणा गरेको छ । ‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५०एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको भनाइ छ ।

बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल मिलाउन मद्दत गर्दछ, जसले स्कुटरलाई थप स्थिरतार नियन्त्रण गर्दछ । यस सुविधाले शहरको ट्राफिकदेखि अफरोड सम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्छ ।

यो स्कुटर रेन मोड, रोड मोड र -याली मोड गरी तीन मोडमा उपलब्ध छ । वैद्य इनर्जी प्रालिका सीईओ सुर्यांश वैद्यले २०२५ को मोडललाई बहुमोड ट्रयाक्सन कन्ट्रोल सहित प्रस्तुत गरेको बताउँदै प्रिमियम मोटरसाइकलमा मात्र पाइने विभिन्न सुविधा सो स्मार्ट स्कुटरमा उपलब्ध भएको बताए ।

स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउँछ ।

३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ ।

स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।

नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ ।

कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ ।

वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।

वैद्य इनर्जीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ समेत खुला गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

लिपमोटरका ईभीमा अव ११ वर्षको ब्याट्री वारेन्टि, १५ प्रतिशत डाउन पेमेन्टमै गाडि किन्न पाइने

लिपमोटरका ईभीमा अव ११ वर्षको ब्याट्री वारेन्टि, १५ प्रतिशत डाउन पेमेन्टमै गाडि किन्न पाइने

काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...

नेपाली बजारमा अर्को इलेक्ट्रिक स्कुटर टीएनआर : १ लाख ४० हजार मूल्य सम्मका ६ मोडल

नेपाली बजारमा अर्को इलेक्ट्रिक स्कुटर टीएनआर : १ लाख ४० हजार मूल्य सम्मका ६ मोडल

काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...