नेपालमै एसेम्बल भयो क्रसएक्स २५० आर ईएफआई, मूल्य पहिले भन्दा ५० हजार कम

काठमाडौं – क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । पहिले पनि इन्जिन र टायर लगायतका केही पार्ट्स मात्र एसेम्बल हुने गरेकोमा अब पुरै मोटरसाइकल नेपालमा एसेम्बल भएको हो ।

नेपालमा क्रसएक्स मोटरसाइकल बिक्री–वितरण गरिरहेको बाइकर्स नेपालले सो मोटरसाइकल एसेम्बल गरेको हो । यसका लागि सीएक्समोटो इन्डष्ट्री दर्ता भएको छ र हेटौंडामा यसको कारखाना रहेको छ । वार्षिक रुपमा ४ सय भन्दा बढी मोटरसाइकल उत्पादन गर्ने यसको क्षमता छ ।

नेपाली बजारमा पहिले पनि यो मोटरसाइकल बिक्री भइरहेको थियो । पहिले यसको मूल्य ८ लाख ९५ हजार रुपैयाँ रहेकोमा अब यसको मूल्य ८ लाख ४५ हजार रुपैयाँ मात्र कायम गरिएको छ । यस अनुसार मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ घटेको छ ।

यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९२० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ ।

ईएफआई अर्थात इलेक्ट्रोनिक फ्यल इन्जेक्सन सिस्टम भएको यो मोटरसाइकलमा जीपीएस सहितको एन्टी–थेफ्ट लोकेसन ट्रयाकर, डीआरएल सहितको नयाँ एलईडी हेडल्याम्प, आरके रेसिङ चेन, कार्बन फाइबर ड्युअल एक्जस्ट, नयाँ सीएनसी ट्रिपल क्ल्याम्प, इन्ड्युरो सस्पेन्सन, नयाँ स्पिडोमिटर, सीएनसी हब एन्ड ह्विल, फ्रेम गार्ड जस्ता विशेषता छन् ।

सम्बन्धित समाचारहरू

फेरि खुल्यो क्रसएक्स २५०आर ईएफआईको बुकिङ, एक महिना भित्रै उपलब्ध हुने

फेरि खुल्यो क्रसएक्स २५०आर ईएफआईको बुकिङ, एक महिना भित्रै उपलब्ध हुने

काठमाडौं – युवाहरुको रोजाइमा पर्ने बाइक क्रसएक्स २५० आर ईएफआईको बुकिङ...

नयाँ फ्रेम र स्ट्राइकिङ अपग्रेडका साथ क्रसएक्स २५०आर उपलब्ध, अब डेलिभरीको तयारी

नयाँ फ्रेम र स्ट्राइकिङ अपग्रेडका साथ क्रसएक्स २५०आर उपलब्ध, अब डेलिभरीको तयारी

काठमाडौं – नेपालमा क्रसएक्स ब्रान्डको नयाँ मोटरसाइकल क्रसएक्स २५०आर...

यस्तो छ नेपालमै एसेम्वल भएर बिक्री सुरु भएको नयाँ स्पोर्टी स्कुटर, मूल्य ३ लाख ७५ हजार

यस्तो छ नेपालमै एसेम्वल भएर बिक्री सुरु भएको नयाँ स्पोर्टी स्कुटर, मूल्य ३ लाख ७५ हजार

काठमाडौं– नेपालमा पछिल्लो समय स्वदशमै सवारीसाधन एसेम्वल हुने ट्रेण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...