नयाँ फिचर र अपडेटेड प्रविधि सहित आयो टीभीएस अपाचे आरटीआर १६० ४भी
टीभीएस मोटर्सले १६० सीसी नेकेड बाइक सेगमेन्टमा टीभीएस अपाचे आरटीआर ४भी...
हाल नेपालमा बजाज र टीभीएस गरी दुई कम्पनीले मात्र दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधानको एसेम्बल प्लान्ट स्थापना गरेर सवारी साधन उत्पादन गरिरहेका छन्। सरकारले दिएको अन्तस् शुल्कको छुट र सहुलियतको यी कम्पनीहरुले मात्र फाइदा लिइरहेका छन्।
पछिल्लो समय १५० सीसी भन्दा माथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा एसेम्बल गर्ने कम्पनीले मात्र आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छन्। तर एसेम्बल प्लान्ट नभएका यामाहा, होन्डा र हिरो लगायतका दुई पाङ्ग्रे सवारीको बितरकहरुलाई भने असर गरेको छ।
यसले पनि पछिल्लो समय यामाहा तथा हिरोका कम्पनीहरु एसेम्बल प्लान्ट निर्माणका तीब्रताका साथ लागि परेका छन्। यसलाई उनीहरुले बाध्यताका रुपमा पनि हेरेका छन्।
नाडाका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा। रुप ज्योति सरकारले दिएको सहुलियत तथा छुटका कारण पनि अब आफूहरुले जसरी भएपनि एसेम्बल प्लान्ट निर्माण गर्नु परेको बताउँछन्।
‘सरकारले यति राम्रो छुट दिएको छ, त्यसको कुनै पनि कम्पनीले इग्नोर गर्नै सक्दैनन्', उनले भने, ‘तर सरकारले दुई वर्ष पछि के हुन्छ भन्ने कुरा नसोची छुट दिएको छ। यसले दुई वर्षपछि सरकारको राजश्व पुरै घट्छ। त्यसपछि के गर्छ भन्ने कुरा महत्वपूर्ण हो। सरकारलाई अप्ठेरो पनि पर्न सक्छ।’
उद्योगपति डा. ज्योति स्वदेशी उद्योगलाई अन्त:शुल्कमा धेरै छुट दिन नपाइने प्रावधान रहेको बताउँछन्। सरकारले जतिनै धेरै छुट दिए पनि गाडी वा बाइक उत्पादन गर्ने कम्पनी भने नेपालमा आउन नसक्ने उनको भनाइ छ। ‘हाम्रोमा भोलुम धेरै छैन, उनले भने, ‘भारतमा पनि यस्ता उद्योग आउन धेरै समय लागेको थियो।'
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुव्र थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताउँछन्। उनले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए।
‘नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्', थापाले भने, ‘दुई पाङ्ग्रेभन्दा चार पाङ्ग्रेमा धेरै पूँजी खर्च हुन्छ। सरकारले नीतिगत रुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन।'
थापाका अनुसार दुई पाङ्ग्रेको एसेम्बल प्लान्ट निर्माण गर्न लगानी कम हुन्छ। ‘यसले गर्दा हाल सबै दुई पाङ्ग्रे सवारी बितरक कम्पनीहरु एसेम्बल प्लान्ट निर्माण गर्न बाध्यतामा वा अन्त:शुल्कको सहुलियतका कारण अगाडि सरिरहेका छन्', उनले भने, ‘तर नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्, सरकारले अहिले ल्याएको बजेटकै आधारमा चारपाङ्ग्रे सवारीको हकमा लगानी गर्न व्यवसायी तयार छैनन्।'
यस्तै यामाहाले पनि बाध्यताका कारण एसेम्बल प्लान्ट निर्माण गरिएको जनाएको छ। यामाहाको पनि नेपालममा धेरै दुई पाङ्ग्रे सवारीको बिक्री तथा बजार ठुलो रहेको छ। आफुसँग प्रतिस्पर्धी कम्पनीहरुले एसेम्बल प्लान्ट स्थापन गरेर संचालनमा ल्याएको केही समयपछि यसले पनि एसेम्बल प्लान्ट बनाइरहेको हो।
यस्तै नेपालमा बजाज र टीभीएसले केही वर्ष अगाडिनै एसेम्बल प्लान्ट नेपालमा निर्माण गरेर आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन्। यस्तै हिरो र होन्डाले पनि एसेम्बल प्लान्ट निर्माण गरिरहेका छन्। उनीहरुका अनुसार हाल निर्माण भइरहेको प्लान्टबाट केही महिनामा उत्पादन सुरु हुनेछ ।
चार पाङ्ग्रे सवारीका कम्पनीहरु ठुलो लगानीका कारण अलमलमा
त्यसैगरी चारपांग्रे सवारीतर्फ हुन्डाई र सुजुकी गाडीले एसेम्बल प्लान्ट राख्नका लागि उद्योग विभागमा दर्ता गरिसकेका छन्।
तर यी कम्पनीहरु भने अलमलमै परिरहेका छन्। यसमा लगानी ठुलो रहेको र सरकारले गरेको व्यवस्था कुन समय के हुन्छ भन्नेमा आफुहरु निश्चित नभएको उनीहरु बताउँछन्।
व्यवसायीहरुका अनुसार चारपाङ्ग्रे सवारीसाधानको एसेम्बल प्लान्ट निर्माणको लागि कम्तीमा ५ अर्ब रुपैयाँ लगानी लाग्छ। यति ठुलो लगानी गरेर कहिलेसम्मको यो सहुलियतले काम गर्छ भनेर पर्खिनुपर्ने अवस्था आउने अटो व्यवसायीहरुको भनाइ छ।
थापाका अनुसार एसेम्बल प्लान्टहरु बढ्दै गएपछि सवारी साधनका लागि आवश्यक पाटपुर्जा, सिट, भाइजर लगायतका सामान उत्पादन गर्ने उद्योग समेत स्थापना हुन सक्छन्। त्यसपछि अरु प्लास्टिक र टायर उद्योग स्थापनाका कार्य समेत अगाडि बढ्न सक्छन्।
एसेम्बल प्लान्टलाई उत्पादनको पहिलो खुड्किलोको रुपमा भने लिन सकिन्छ। साथै, त्यसले सृजना गर्ने रोजगारी र भविष्यमा खुल्न सक्ने सहायक उद्योग एसेम्बल प्लान्टको बाटोहुँदै गुज्रने भएकाले यसले समग्र अटोमोबाइल क्षेत्रको विकासमा नै सहयोग पुग्ने अटो व्यवसायीहरुको भनाइ छ।
तर हालको अवस्था हेर्ने हो भने सवारी साधनको मूल्यमा धेरै परिवर्तन भने हुन सकेको छैन। अहिले पनि नेपालमा एसेम्बल भइरहेका मोटरसाइकल खासै कम मूल्यमा बिक्री गर्न सकेका छैनन्। तर पनि यहाँ नेपाली जनशक्तिले रोजगारी पाउने सम्भावना भने बढेको छ।
टीभीएस मोटर्सले १६० सीसी नेकेड बाइक सेगमेन्टमा टीभीएस अपाचे आरटीआर ४भी...
टीभीएस मोटर कम्पनीले यसै महिनाको अन्त्यमा क्रियोन इलेक्ट्रिक स्कुटर...
टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...