बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न छुट र सहुलियत प्रदान गर्ने नीति लिएपछि व्यवसायीले यस्ता उद्योगमा लगानी गर्ने तत्परता देखाएका छन् । बजेट सार्वजनिक भएको केही दिन वित्न नपाउँदै कोरियन कम्पनी मोट्रेक्सलाई इलेक्ट्रिक भेइकल उत्पादन गर्न सरकारले अनुमति दिएको छ भने भेस्पा र अप्रिलिया स्कुरको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड समुहले प्लान्ट लगाएर स्वदेशमै यी ब्रान्डका स्कुटर उत्पादन गर्ने उद्घोष गरेको छ । मोट्रेक्स यसअघि पनि स्वदेशमा प्लान्ट लगाएर सवारीसाधन एसेम्बल गर्ने भन्दै चर्चामा आएको कम्पनी हो ।

यसैगरी मोटरहेड र टारो ब्रान्डको मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेको एसजी ग्रुपले पनि एउटै उद्योगबाट विद्युतीय गाडीदेखि कम्वसन इन्जिनयुक्त गाडी र मोटरसाइकल एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेको छ । उक्त उद्योगमा ३ अर्व लगानी गर्ने कम्पनीले बताएको छ ।

बजेटमा सरकारले स्वदेशमै एसेम्बल उद्योग लगाउन प्रोत्साहन गर्ने भन्दै केही नयाँ प्रावधानहरु थप गरेको छ । जसअन्तर्गत यस्ता उद्योगले आर्जन गरेको मुनाफामा ५ वर्षसम्म ४० प्रतिशतका दरले सहुलियत दिनेदेखि ५० वर्षसम्मका लागि जग्गा भाडामा लिन पाउने र १० करोडको विद्युत खपतमा छुट तथा भन्सार र अन्तःशुल्कमा पनि राम्रै छुटको प्याकेज उपलब्ध गराउने व्यवस्था मिलाएको छ । मोटरसाइकलमा भने यसअघिकै व्यवस्थालाई निरन्तरता दिएको सरकारले इलेक्ट्रिक कार र टु ह्विलरमा छुट्टाछुट्टै प्रावधान राखेको छ ।

हाल नेपालमा बाजज र टीभीएस आफ्नै प्लान्टबाट मोटरसाइकल एसेम्बल गरिरहेका छन् भने यामाहा, हिरो, होन्डा र सुजुकी लगायत अन्य टु ह्विलर कम्पनीले प्लान्ट लगाउन तयारी गरिरहेका छन् । चारपाङ्ग्रेतर्फ हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले यसअघि नै यस्तो उद्योग दर्ता गरिसकेको छ ।

अवसर र चुनौती
कुनै पनि उद्योग लगाउनु अघि सो उद्योगले उत्पादन गर्ने बस्तुको बजार सम्भावना सबैभन्दा महत्वपूर्ण विषय हो । यसमा पनि तत्कालको बजार अबस्था र भविष्यमा बिस्तार हुनसक्ने बजार सम्भावनालाई व्यवसायीले मिहिन अध्ययन गरेर मात्र लगानी गर्ने निर्णय लिन्छन् । यदि सरकारले एसेम्बलका लागि भारी मात्रामा छुट र सहुलियत प्रदान गरेर सवारीसाधनको मूल्य सस्तो पार्न सक्यो भने भोलिका दिनमा यस्ता गाडीको माग बढ्न सक्ने अनुमान लगाएर यस्ता उद्योग खुल्न सक्ने आधार देखिन्छ । यसका लागि सरकारले सबैभन्दा पहिले आवधिक योजना बनाउनु जरुरी छ । वर्षमै ३÷३ पटक नीतिगत परिवर्तन हुने अहिलेको अवस्थामा तत्कालै यो विषयमा सरकारले ठूलै निर्णय लिनसक्ने सम्भावना पनि देखिँदैन ।

यस्ता उद्योगले एसेम्बल गर्ने सवारीसाधनमा लाग्ने पार्टपुर्जाको उत्पादन स्वदेशमै उत्पादन हुने वातवरण सिर्जना हुनु अर्को महत्वपूर्ण पक्ष हो । सबै सामान विदेशबाट आयात गरेर स्वदेशमा जोडजाड मात्र गर्ने हो भने यसले एसेम्बलको औचित्यलाई कुनै पनि कोणबाट पुष्टि गर्ने छैन । यसरी लगाइएको उद्योगले उपभोक्ता र राज्य दुबै पक्षलाई फाइदा पुग्ने देखिँदैन । यस्तो उद्योगले केही संख्यामा रोजगारी दिने वाहेक अन्य कुनै पनि पक्षमा भ्यालू एड नगर्ने स्पष्ट देखिन्छ ।

एसेम्बल हुँदै उत्पादनको चरणमा जानेगरी योजना बनाउन सकिएको खण्डमा भने यसले अन्ततः उपभोक्ता, राज्य र व्यवसायी तिनवटै पक्षलाई फाइदा पुग्नेछ । यसका लागि सबैभन्दा पहिले स्पेयर पार्ट्स तथा कम्पोनेन्टको उत्पादन स्वदेशमै उत्पादन शुरु हुनु जरुरी हुन्छ । यसो गर्न सकिए यस्ता पार्ट्स उत्पादन गर्ने दर्जनौ उद्योग नेपालमा खुल्ने र यसले ठूलो संख्यामा रोजगारी सिर्जना समेत गर्नेछ ।

सम्बन्धित समाचारहरू

युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

काठमाडौं – स्थापनाको छोटो समयमै ललितपुरको महालक्ष्मीस्थानस्थित टीभीएसको...

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ ।...

आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

नयाँ आरपी मोनिकरको टिजर सार्वजनिक गरेको दुई दिनमै टीभीएसले नयाँ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...