नेपाली बजारमा बर्चस्व कायम गर्दै अशोक लेल्यान्डको भाइकिङ बस, लिडिङ बन्दै गरेको दावी

अशोक लेल्यान्डको भाइकिङ बसले नेपालको बस बजारमा चर्चा पाइरहेको छ । उत्कृष्ट विशेषता र उत्कृष्ट प्रदर्शनका कारण अशोक लेल्यान्डलाई नेपालको अटोमोटिभ क्षेत्रमा अग्रपंक्तिमा राख्दै भाइकिङ बस धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।

भाइकिङ बस यसको असाधारण फिचरका कारण धेरै ग्राहकहरूका लागि मनपर्ने भएको छ । यसले अन्य बसहरूको तुलनामा २० प्रतिशत बढी माइलेज दिने कम्पनीको भनाइ छ । यसले गर्दा व्यवसायीहरुलाई धेरै इन्धन बचाउन र समग्रमा पैसा बचाउनमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

भाइकिङ बसको सफलताको अर्को महत्वपूर्ण कडी यसमा भएको एच–सिरिज हिनो इन्जिन र एड्भान्स्ड जेडएफ ६–स्पिड जर्मन गियरबक्स हो । यसले गर्दा बस सबै प्रकारका सडकहरूमा स्मुथ रुपमा पावरफुल तरिकाले चल्न सक्छ ।

भाइकिङ बसको अर्को उत्कृष्ट विशेषता भनेको यसको इन–लाइन फ्युल पम्प (मेकानिकल टाइप) हो, जुन मर्मत गर्नमा कम खर्च लाग्ने हुन्छ र खर्चमा बचत गर्न खोज्ने अपरेटरहरूको लागि व्यावहारिक विकल्प बनाउँदै मर्मत गर्न अविश्वसनीय रूपमा सजिलो र लागत–प्रभावी छ ।

बस सुपर कम्फर्टेबल भएकाले यात्रुहरुले भाइकिङ बस चढ्न रुचाउने गरेको पाइन्छ । यसमा भएको एयर सस्पेन्सन प्रणालीले राइडलाई स्मुथ बनाउछ । बसमा यात्रा गर्दा पनि यति शान्त लाग्छ कि इन्जिन नै छैन कि जस्तो लाग्छ । यसले गर्दाै यात्रा नै शान्त अर्थात पिसफुल हुन्छ ।

भाइकिङ बसका लागि सुरक्षा ठूलो कुरा हो। यसमा बेटर कन्ट्रोलका लागि इलेक्ट्रोम्याग्नेटिक रिटार्डर सिस्टम र फ्रन्टमा एन्टी–रोल बार र रियरमा भी–रड जस्ता स्पेसल स्ट्याब्लाइजिङ एलिमेन्ट्स छन् । यी सबैले बसलाई सुरक्षित बनाउन भूमिका खेलेका छन् ।

यसको उत्कृष्ट माइलेज, पर्फमेन्स, कम्फर्ट र सेफ्टी फिचरले बस संचालक र यात्रु दुवैको मन जितेको छ, जसले गर्दा उत्कृष्ट यातायात समाधान प्रदान गर्ने अशोक लेल्याण्डको प्रतिबद्धता देखाउँछ ।

उत्कृष्ट प्रदर्शन र गुणस्तरमा समर्पणको साथ भाइकिङ बसले बस उद्योगमा नयाँ स्ट्यान्डर्ड सेट गरेको कम्पनीको भनाइ छ । यसले अशोक लेल्यान्डलाई अटोमोटिभ वर्ल्डको नेतृत्व प्रदान गर्ने कार्यलाई अझै अगाडि बढाउन भूमिका खेलेको मान्न सकिन्छ ।

नेपालमा आईएमई मोटर्सले अशोक लेल्यान्डका कमर्सियल गाडीहरूको बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुल्ला

बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुल्ला

नेपाली बजारमा बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुला गरिएको छ ।...

अशोक लेल्याण्डको वस र  ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको वस र ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व...

आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

झापा – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...