अशोक लेल्याण्डको शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा

काठमाडौं– अशोक लेल्याण्डले आफ्नो शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा ल्याएको छ । बुधबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले २५२३ मोडलको १० चक्के सो ट्रकलाई औपचारिक रुपमा लन्च गरेको हो । ९ स्पिड गेयर वक्स जडान गरिएको यो नयाँ ट्रक सेग्मेन्टमै सर्बाधिक शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

यो नयाँ ट्रकमा २३० एचपी क्षमता भएको आई–ईजीआर टेक्नोलोजी सहितको बीएस४इन्जिन जडान गरिएको छ । आई–ईजीआर र बीएस४ मापदण्ड जस्ता विशेषताका कारण यो बातावरणमैत्री र इन्धन किफयाती रहेको छ । साथै २४० एचपी पावर जेनेरेट गर्न सक्ने यो ट्रकले नेपालको जुनसुकै भुभागमा पनि उच्चपर्फमेन्स प्रस्तुत गर्न सक्ने सामथ्र्य राख्दछ ।

अशोक लेल्याण्डले यसमा जेडएफ ब्रान्डको प्रमाणित १११० गेयर वक्स दिएको छ । जसका कारण यसको ट्रान्समिसन इफिसेन्सि निकै नै अब्बल रहेको छ भने ड्राइभीङमा थकानको महशुस नहुने हुँदा स्मुथफिल गर्न सकिन्छ । रोवोस्ट चेसिस फ्रेममानिर्माण गरिएको यो ट्रक एकदमै वलियो, स्थिर र मजबुत छ ।

यो नयाँ ट्रकमा अत्याधुनिक बुगिस सस्पेन्सन रहेको छ, जसले भारी लोड सहज रुपमा बहन गर्दछ भने ट्रकको स्थिरता र यात्रा सुखदपुर्ण बनाउँछ । त्यस्तै यस ट्रकमा अधिकत मलोडिङ स्पान रहेको छ, जसले उपभोक्ताहरुलाई ढुवानीमा सहजदा दिलाउछ । नेपाली सडक र भुगोलकालागि एकदमै उपयोगीरहेको भन्दै सो कार्यक्रमा १४ जनाग्राहकले यसलाई वुकिङ गरेका छन् ।

शक्तिशाली इन्जिन, इन्धन किफायती विशेषता, अत्याधुनिक प्रविधीको ट्रान्समिसन र आईएमई मोटर्सले उपलब्ध गराउँदै आएको छिटो छरितो तथा प्रभावकारी आफ्टर सेल्स सर्भिसका कारण यो नयाँ ट्रकले नेपालको ढुवानी क्षेत्रमा निकै राम्रो प्रभाव पार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष भिम पौडेल, अशोक लेल्याण्डका कन्ट्रि म्यानेजर विप्लव पल र आइएमई मोटर्स प्रा.लि का कार्यकारी निर्देशक निशान ढकाल को उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

काठमाडौँ – आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित...

इलेक्ट्रिक सिटी र नाइट बस चलाउने योजनामा आईएमई मोटर्स, परीक्षणका लागि भित्रिए बस

इलेक्ट्रिक सिटी र नाइट बस चलाउने योजनामा आईएमई मोटर्स, परीक्षणका लागि भित्रिए बस

काठमाडौं – प्रतिष्ठित आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले...

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

काठमाडौं – नेपालमा अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै आइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...