हस्तान्तरण गरिएका कैदीवाहक गाडी अशोक लेल्यान्डका, यस्ता छन् विशेषता

वीरगन्ज – नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्यान्डका १० वटा कैदीवाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । वीरगन्जमा आयोजित एक कार्यक्रममा नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सका डीजीएम सुशील सुबेदीद्वारा भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीनाद्वारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्ड “पार्टनर” गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित भएको कम्पनीको भनाइ छ । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी गाडीहरूमा आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ, जसले निगरानी तथा सुरक्षा नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको बताइएको छ ।

यसका साथै आरामदायी यात्रा अनुभव, सुधारिएको सस्पेन्सन तथा चालक–मैत्री डिजाइनले गाडीको सञ्चालनलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उच्च सुरक्षा मापदण्ड तथा व्यावहारिक डिजाइनका कारण यी गाडीहरू सरकारी तथा संस्थागत प्रयोगका लागि उपयुक्त सवारी समाधानका रूपमा हेरिएको छ ।

यससँगै नेपाल–भारत सहयोग अन्तर्गत हालसम्म अशोक लेल्याण्डका कुल ६० वटा सवारी साधन हस्तान्तरण गरिएका छन् । यसअघि ५० वटा मालवाहक गाडी हस्तान्तरण गरिएको थियो भने हाल थप १० वटा कैदीवाहक गाडी उपलब्ध गराइएको हो ।

नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध तथा उच्च गुणस्तरका लागि चिनिने अशोक लेल्यान्डका सवारी साधनहरू आधिकारिक रूपमा वितरण गर्दै आइरहेको छ । आईएमई मोटर्समार्फत अशोक लेल्याण्डका हल्का व्यावसायिक सवारी साधन (एलसीभी), ट्रक, टिपर तथा बसहरू नेपालभर उपलब्ध हुँदै आएका छन्, जसले विश्वसनीयता, मजबुती, आरामदायी यात्रा तथा उत्कृष्ट इन्धन दक्षता अर्थात माइलेजका कारण व्यापक पहिचान बनाएको छ ।

सम्बन्धित समाचारहरू

दोस्त मिनी पीकअपमा आईएमई मोटर्सको नयाँ अफर, यस्ता छन् सुविधा

दोस्त मिनी पीकअपमा आईएमई मोटर्सको नयाँ अफर, यस्ता छन् सुविधा

काठमाडौं– अशोक लेल्यान्डको मिनी पीकअप दोस्तमा नयाँ अफर आएको छ । नेपालका...

अशोक लेल्याण्डको वस र  ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको वस र ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व...

अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...