इलेक्ट्रिक गाडीको कारोबारमा लक्ष्मी ग्रुपको अर्को पहल, नाईमा एक्सपोमार्फत फरथिङ ब्रान्ड लन्च गर्दै
काठमाडौं — नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान...
हिरो स्प्लेन्डरलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न आबश्यक कन्भर्सन किटलाई अटोमोवाइल रिर्सच एसोसिएसन अफ इन्डिया(एआरएआई) ले प्रमाणित गरेको छ । यससंगै अघिल्लो बर्षको सेप्टेम्वर महिनामा मुम्वइको गोगो ए१ ले सार्बजनिक गरेको यसको इलेक्ट्रिक कन्भर्सन किटले वैधता पाएको छ ।
गोगो ए१ ले हिरो स्प्लेन्डरलाई सुरक्षित तवरबाट इलेक्ट्रिक भर्सनमा रुपान्तरण गर्न सकिने र यसरी रुपान्तरण गरिएको बाइकले १५१ किलोमिटर रेन्ज दिने बताएको थियो । उक्त किटको मूल्य ब्याट्री वाहेकलाई ३५ हजार भारु र व्याट्री सहितलाई ९५ हजार भारु पर्ने कम्पनीले जनाएको छ । यो किट प्रयोग गरेर रुपान्तरण गरिएको इलेक्ट्रिक वाइकमा इन्सुरेन्सको समेत व्यवस्था मिलाइएको छ ।
गोगो ए१ को इभी किटमा २ किलोवाटको इलेक्ट्रिक मोटर, २.८ किलोवाट आवरको व्याट्री प्याक, डिसी–डीसी कन्भर्टर, नयाँ एक्सिलेटर वायरिङ, कन्ट्रोलर वक्स सहितको की स्विच र एउटा नयाँ विंगआर्म लगायत सामाग्रीहरु सामेल हुने जनाइएको छ । यी सामान प्रयोग गरी रुपान्तरण गरिएको इलेक्ट्रिक वाइकले ३.४ किलोवाट पावर दिने दाबी गरिएको छ ।
सन् १९९७ यता उत्पादन गरिएको हिरो स्प्लेन्डरका लागीमात्र सो किट प्रयोग गर्न अनुमती दिइएको हो । स्प्लेन्डर भारतीय बजारमा सर्बाधिक बिक्री हुने टु ह्विलर मोडल रहेका कारण यसलाई कम लागतमै इभीमा रुपान्तरण गर्न सकिने भएपछि यसले ग्राहक र सम्वन्धित सरोकारवाला निकायलाई इभी मुभमेन्टमा थप सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
काठमाडौं — नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान...
टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...
विवाइडीले प्रिमिय एसयूभी र सुपर कार उत्पादनका छुट्टै नयाँ व्राण्ड याङवाङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...