फागुन २३ मा नेपालमा लन्च हुँदैछ अप्रिलिया एसएक्सआर १६० बीएस६ स्कुटर

काठमाडौं – नेपाली बजारमा आगामी मार्च ७ अर्थात फागुन २३ गते अप्रिलिया एसएक्सआर १६० स्कुटर लन्च हुने भएको छ । बीएस६ मापदण्डयुक्त सो नयाँ स्कुटर अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले नेपाली बजारमा भित्र्याउदै छ ।

भारतीय बजारमा समेत केही महिना पहिले मात्र लन्च भएको सो स्कुटरको बुकिङ नेपालमा समेत करिव डेढ महिना पहिले नै खुलिसकेको छ । सो स्कुटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ हुने कम्पनी स्रोतले बताएको छ । सो स्कुटर ग्लोसी रेड, ग्लोसी ह्वाइट, मेट ब्ल्याक र मेट ब्लु गरी चार कलर अप्सनमा उपलब्ध हुनेछ ।

अप्रिलियाको सो म्याक्सी स्कुटर नेपाली बजारका लागि नयाँ प्रविधि सहितको हुनेछ । यसमा एफआई अर्थात फ्युल इन्जेक्सन र एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम हुनेछ भने यो बीएस६ मापदण्डमा आधारित इन्जिन सहितको हुनेछ । जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्छ । सो स्कुटरमा डिस्क ब्रेक र एडजस्टेबल रियर सस्पेन्सन पनि रहेको छ । साथै आरामदायक यात्राको लागि इर्गोनोमिक्स पनि रहेको छ ।

एरोडाइनामिक डिजाइन, फराकिला सुविधाजनक सिट, एलईडी प्रविधिसहितका क्रिस्टल हेडलाइट, एड्जस्टेबल मोनोसक एब्जर्बर आदि सुविधा भएको यो स्कुटरमा ७ लिटरको इन्धन ट्यांकी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...