के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?
नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम...
अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ कारको स्वीकृति दिइएको हो । यस अनुसार अब अमेरिकामा चाँडै नै फ्लाइङ कार लन्च हुन सक्ने अनुमान गरिएको छ ।
सो फ्लाइङ कारको अनुमति एलेफ एरोनटिक्सलाई अमेरिकी संघीय उड्यान प्रशासनले उडान योग्यता प्रमाणपत्र प्रदान गरेको हो । यो फ्लाइङ कार हुनुका साथै पूर्णतया विद्युतीय टेक्नोलोजीमा आधारित छ । साथै यसको अर्को भेरिएन्ट हाइड्रोजन टेक्नोलोजीको हुनेछ ।
कम्पनीका अनुसार एलेफ फ्लाइङ कार चलाउनका लागि रनवेको आवश्यकता पर्दैन । सो कार शहरी र ग्रामीण सडकमा चलाउन सकिन्छ । कम्पनीले मोडल एलाई प्रस्ताव गरेको छ र यो कार हल्का गतिको कार हुनेछ, जसलाई अधिकांश राज्यमा बनेको नियम अनुसार बनाइएको छ । यो कारमा २ जना मात्र यात्रा गर्न सकिन्छ र यसमा १८० डिग्री भ्यू पनि रहेको छ ।
कम्पनीले वेवसाइटमा कारको जानकारी सहित बुकिङ पनि खुल्ला गरेको छ । हाल यो कारको प्रि–अर्डर भइरहेको छ । यसको मूल्य ३ लाख डलर हुन सक्ने अनुमान छ ।
सो कारलाई सामान्य बुकिङको साथमा प्राथमिकता बुकिङको विकल्पमा प्रि–बुकिङ गर्न सकिन्छ । सामान्य बुकिङका लागि ५०० र प्राथमिकता बुकिङको लागि १५०० डलर तोकिएको छ । सो रकम रिफन्डेबल रकम हो ।
नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम...
मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...
स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...