होन्डा र सोनीको सहकार्य घोषणा : २०२५ मा इलेक्ट्रिक कार लन्च गर्दै, २०३० सम्म ३० ईभी ल्याउने
जापानी कार निर्माता कम्पनी होन्डा र टेक कम्पनी सोनीले सन् २०२५ मा...
अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ कारको स्वीकृति दिइएको हो । यस अनुसार अब अमेरिकामा चाँडै नै फ्लाइङ कार लन्च हुन सक्ने अनुमान गरिएको छ ।
सो फ्लाइङ कारको अनुमति एलेफ एरोनटिक्सलाई अमेरिकी संघीय उड्यान प्रशासनले उडान योग्यता प्रमाणपत्र प्रदान गरेको हो । यो फ्लाइङ कार हुनुका साथै पूर्णतया विद्युतीय टेक्नोलोजीमा आधारित छ । साथै यसको अर्को भेरिएन्ट हाइड्रोजन टेक्नोलोजीको हुनेछ ।
कम्पनीका अनुसार एलेफ फ्लाइङ कार चलाउनका लागि रनवेको आवश्यकता पर्दैन । सो कार शहरी र ग्रामीण सडकमा चलाउन सकिन्छ । कम्पनीले मोडल एलाई प्रस्ताव गरेको छ र यो कार हल्का गतिको कार हुनेछ, जसलाई अधिकांश राज्यमा बनेको नियम अनुसार बनाइएको छ । यो कारमा २ जना मात्र यात्रा गर्न सकिन्छ र यसमा १८० डिग्री भ्यू पनि रहेको छ ।
कम्पनीले वेवसाइटमा कारको जानकारी सहित बुकिङ पनि खुल्ला गरेको छ । हाल यो कारको प्रि–अर्डर भइरहेको छ । यसको मूल्य ३ लाख डलर हुन सक्ने अनुमान छ ।
सो कारलाई सामान्य बुकिङको साथमा प्राथमिकता बुकिङको विकल्पमा प्रि–बुकिङ गर्न सकिन्छ । सामान्य बुकिङका लागि ५०० र प्राथमिकता बुकिङको लागि १५०० डलर तोकिएको छ । सो रकम रिफन्डेबल रकम हो ।
जापानी कार निर्माता कम्पनी होन्डा र टेक कम्पनी सोनीले सन् २०२५ मा...
इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...