दुगडले सक्यो रोयल इन्फिल्डको स्टक, स्पेयर पार्ट्सको मौज्दात भने पर्याप्त
रोयल इन्फिल्डको पुरानो बिक्रेता दुगड समुह अन्तर्गतको विवेक...
रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म क्याम्पिङ एन्ड होम स्टे राइडको आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर १३ देखि १५ अर्थात भदौ २८ देखि ३० गते सम्म हुने सो राइडमार्फत यो क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको छ।
एक कार्यक्रमका बिच रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल र काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवाले लगायत टिमले राइडका लागि तयार गरिएको टिसर्ट र स्टिकर सार्वजनिक गरे ।
लगभग ६० भन्दा बढी रोयल इन्फिल्ड बाइकर्सहरु सहभागी हुने सो कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्नेछन् भने स्थानीय आमा समुहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने जानकारी दिइयो ।
काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाईँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज १९७६ मा यस क्षेत्रको विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो ।
यो निकुञ्ज तीन जिल्लामा फैलिएको छ, जसमा नुवाकोट, रसुवा र सिंधुपाल्चोक पर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका मनमोहक दृश्यहरू, पुराना सल्ला, धुपी र गुराँसका वनहरू छन्।
त्यस्तै यो क्षेत्रमा पबित्र खोला नाला देखि उच्च उचाइमा पर्ने पवित्र तालहरू जस्तै विश्व प्रसिद्ध पवित्र गोसाईँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन । निकुञ्ज संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालु, बाह्र सिंगे लगायतका विभिन्न जातका मृगहरू, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरूको लागि समेत प्रख्यात छ ।
रोयल इन्फिल्डको पुरानो बिक्रेता दुगड समुह अन्तर्गतको विवेक...
काठमाडौं – नेपालमा रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर बाइक स्क्राम ४११...
काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...