गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
काठमाडौं – प्रसिद्ध टायर निर्माता कम्पनी एपोलो टायरले ग्रासरुट फुटबल अभियानमा सहयोग पु-याउन युनाइटेड वि प्ले २०२४ को घोषणा गरेको छ । म्यानचेस्टर युनाइटेड फुटबल क्लबको समर्थन रहेको सो अभियान अन्तर्गत नेपाली युवा खेलाडीहरुलाई कौशल प्रदर्शनका लागि मौका प्रदान गरिन्छ ।
युनाइटेड वि प्लेको यो चौथो सिजन हो। यो भन्दा पहिले भारत, युएई, थाइल्यान्ड र नेपालमा यस प्रकारको विश्वव्यापी कार्यक्रम सम्पन्न भइसकेको छ । यस अनुसार २४ हजार भन्दा बढी खेलाडीहरु म्यानचेस्टर युनाइटेडको गृहनगर वर्ल्ड ट्राफोर्ड भ्रमण गर्ने अवसरका लागि सहभागी भएका थिए ।
अहिलेको सिजनका लागि सुवाश बम, बहादुर परियार र रोहित गोले फाइनल राउन्डका लागि छनोट भएका छन् । उनीहरु म्यानचेस्टर युनाइटेडका खेलाडीसँग विभिन्न क्रियाकलापमा सहभागी हुन पाउने छन् ।
एपोलो टायर, नेपालका कन्ट्री हेड राजेश दासले युनाइटेड वि प्लेका विजेताहरुलाई बधाई ज्ञापन गर्दै ८ सय भन्दा बढी बालबालिकाबाट छनोट भएका खेलाडीहरुको उज्वल भविष्यको कामना गरे ।
एपोलो टायर र म्यानचेस्टर युनाइटेडको संयुक्त आयोजनामा हुने युनाइटेड वि प्लेको थिम नै खेलाडी विकासका लागि विश्वव्यापी पहुँच उपलब्ध गराउनु र खेलमा संलग्न गराई उनीहरुलाई सके सम्म राम्रो पर्फमेन्स गर्ने बनाउनु रहेको बताइएको छ ।
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
सियट टायरको नेपालका लागि आधिकारिक बितरक श्री एसटीसी ग्रुपले होली स्पेशल...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...