यो बर्ष पनि सर्बाधिक मूल्यवान टायर ब्रान्ड बन्यो मिसिलिन
फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको...
भारतका तीन ठूला टायर उत्पादक सिएट, जेके र अपोलोले केही दिनको अन्तरालमै धमाधम इभी विशेष टायर लन्च गरिरहेका छन् । केहि दिनपहिले मात्र सिएटले साउन्ड एव्जर्व गर्ने विशेषतासहितको इभी स्पेसल टायर लन्च गरेको थियो । त्यस लगत्तै जेकेले पनि इभीकै लागि भनेर विशेष प्रकारको टायर लन्च गरेको केही दिनपछि अर्को ठूलो उत्पादक अपोलोले पनि इभी स्पेसल टायर लन्च गरेको छ ।
अपोलोले इलेक्ट्रिक प्यासेन्जर कार र स्कुटरका लागी छुट्टाछुट्टै सव ब्रान्डमा नयाँ टायर लन्च गरेको हो । जसमध्ये वेभ व्रान्ड स्कुटरका लागि र एम्पेरियन प्यासेन्जर कारका लागी रहेको जनाइएको छ । इलेक्ट्रिक कारमा यो टायर प्रयोग गर्दा यसले दिने रेन्ज ८ प्रतिशतसम्म बृद्धि हुने कम्पनीको दावी छ । १९५ र २१५ एमएम ट्रिड साइजमा उपलब्ध यो टायर इलेक्ट्रिक एसयूभीका लागी टार्गेट गरि उत्पादन गरिएको हो ।
यसैगरी स्कुटरका लागि उसले एथर ४५० एक्स, टिभिएस आई क्यूव र बजाज चेतकलाई लक्षित गरी नयाँ विशेषताको टायर लन्च गरेको छ । यो टारले रोलिङ रेसिस्टेन्स र ट्रयाक्सन रेसिस्टमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइएको छ । निकट भविष्यमा इलेक्ट्रिक मोटरसाइकलका लागी समेत विशेष प्रकारको टायर लन्च गर्ने कम्पनीको तयारी छ ।
फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको...
नेपाली बजारमा हालै शेर्पा ब्रान्डको ट्रयाक्टर टायर सार्वजनिक भएको छ ।...
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...