आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ । यस नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोडका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्ट एक्सकनेक्टको सुविधा समेत उपलब्ध गरााइएको छ ।

नयाँ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले टीभीएसको परिधिभन्दा माथि उठेर आफ्ना उपभोक्तालाई तिनका आवश्यकता अनुसार रेसिङ परफरमेन्स सुविधा सहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखि नविन उत्पादन उपलब्ध गराउने प्रतिबद्धता प्रदर्शित गरेको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रुपमा टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मूथ र आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्ने विश्वास लिइएको छ ।

सो नयाँ मोटरसाइकलका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड, एम जे ठङगाराजनले भने ,“नेपाल हाम्रालागि एक प्रमुख बजारका रुपमा रहेको छ । हामीले विशेष प्राथमिकताका साथ दूई तथा तीन पाङ्ग्रेका रेञ्जहरु मार्फत उपभोक्तालाई निरन्तर खुशी प्रदान गर्दै आइरहेका छौँ ।’

सो नयाँ मोटरसाइकल आकर्षक रेस ग्राफिक्सका साथै नयाँ हेडल्याम्प्सका साथमा उपलब्ध रहेको छ । मोटरसाइकलमा ईन्जिनको जीवन अवधिभर हरेक ड्राइभिङ अवस्थामा रमाइलो यात्राको सुनिश्चितताका लागि रेस ट्युन्ड फ्य्ल ईन्जेक्शन आरटीएफआई प्रविधि जडान गरिएको छ । यसैगरी सुदृढ ईञ्जिनले लामो आयुका साथै उत्सर्जन नियन्त्रण क्षमतापनि उपलब्ध गराउँछ ।

नयाँ मोटरसाइकलमा फस्र्ट ईन सेग्मेन्ट जीटीटी प्रविधि, ग्लाइड थ्रो ट्राफिक जडान गरिएको छ । यसले भिड सहितको सडकमा कम गतिको राइडमा अत्यधिक स्मूथ, आरामदायी र नियन्त्रण सहितको राइड प्रदान गर्छ । सहरी सडकमा बढ्दो चापका कारण यो फिचर नेपाली उपभोक्ता माझ सान्दर्भिक हुनका साथै निकै लोकप्रिय हुने कम्पनीको भनाई छ ।

यसमा जडान गरिएको १५९.७ सीसी सिंगल सिलिन्डर, एओएचसी इन्जिनले १७ दशमलव ५५ पीएसको शक्ति र १४ दशमलव ७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । श्रेणीमै पहिलो पटक यसमो तीनवटा फरक राइड मोड (अर्बन, रेन र स्पोर्ट्स मोड) दिइएको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सो नयाँ मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार निर्धारण गरेको छ ।

सम्बन्धित समाचारहरू

५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइड सम्पन्न

५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइड सम्पन्न

काठमाडौं – टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले...

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ...

अपाचे आरटीआर १६० भी४ को स्पेशल एडिसन नेपाल आउँदै

अपाचे आरटीआर १६० भी४ को स्पेशल एडिसन नेपाल आउँदै

काठमाडौं– टीभीएस अपाचे आरटीआर १६० भी४ एफआईको स्पेशल एडिसन नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...