फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ । स्ट्यान्डर्ड भेरियन्टमा फिचर थप गरेर ल्याइएको यो मोटरसाइकल पर्ल ह्वाइट कलर अप्सनमा समेत उपलब्ध छ । जसको मूल्य भारतीय बजारमा १ लाख ३० हजार भारु निर्धरण गरिएको छ ।

यो नयाँ वाइकमा टिभिएसले नयाँ ग्राफिक्स समेत थप गरेको छ भने केही भागमा मेकानिकल परिवर्तन समेत गरेको देख्न सकिन्छ । यसमा नयाँ एक्जस्ट मफलरको प्रयोग गरिएको छ जसलाई टिभिएसले वुलपप एक्जस्ट नाम दिएको छ । यो एक्जस्टको प्रयोग वुलपप मेसिन गनबाट प्रेरित भई गरिएको कम्पनीको भनाई छ ।

केही नयाँ फ्रस्ट इन सेग्मेन्ट फिचर्स समेत थप गरिएको यसमा अर्वान, स्पोर्टस र रेन गरी तीन प्रकारका राइडिङ मोड दिइएको छ । साथै यसमा डुअल टोन कलरको सिट र एडजष्टेल ब्रेक तथा क्लच लिभर उपलव्ध गराइएको छ । यसका रातो र कालो कलरको एलोई ह्विल दिइएको छ ।

यो नयाँ वाइकमा यसअघिकै १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, फोर भी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १७.३० बीएचपी र टर्क १४.७३ एनएम रहेको छ । यो वाइकलाई ११४ किलोमिटरसम्मको उच्च गतीमा हाँक्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

२२५ देखी ३५० सिसी सेग्मेन्टमा टिभिएसले नयाँ मोटरसाइकल ल्याउने

२२५ देखी ३५० सिसी सेग्मेन्टमा टिभिएसले नयाँ मोटरसाइकल ल्याउने

टिभिएस मोटर्सले २२५ देखी ३५० सिसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...