भोली प्रोटोन एक्स ५० को औपचारिक लन्च हुने
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...
टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ । स्ट्यान्डर्ड भेरियन्टमा फिचर थप गरेर ल्याइएको यो मोटरसाइकल पर्ल ह्वाइट कलर अप्सनमा समेत उपलब्ध छ । जसको मूल्य भारतीय बजारमा १ लाख ३० हजार भारु निर्धरण गरिएको छ ।
यो नयाँ वाइकमा टिभिएसले नयाँ ग्राफिक्स समेत थप गरेको छ भने केही भागमा मेकानिकल परिवर्तन समेत गरेको देख्न सकिन्छ । यसमा नयाँ एक्जस्ट मफलरको प्रयोग गरिएको छ जसलाई टिभिएसले वुलपप एक्जस्ट नाम दिएको छ । यो एक्जस्टको प्रयोग वुलपप मेसिन गनबाट प्रेरित भई गरिएको कम्पनीको भनाई छ ।
केही नयाँ फ्रस्ट इन सेग्मेन्ट फिचर्स समेत थप गरिएको यसमा अर्वान, स्पोर्टस र रेन गरी तीन प्रकारका राइडिङ मोड दिइएको छ । साथै यसमा डुअल टोन कलरको सिट र एडजष्टेल ब्रेक तथा क्लच लिभर उपलव्ध गराइएको छ । यसका रातो र कालो कलरको एलोई ह्विल दिइएको छ ।
यो नयाँ वाइकमा यसअघिकै १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, फोर भी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १७.३० बीएचपी र टर्क १४.७३ एनएम रहेको छ । यो वाइकलाई ११४ किलोमिटरसम्मको उच्च गतीमा हाँक्न सकिन्छ ।
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...
टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१ भारतीय...
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...