टीभीएसले ग-यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजी राइड

काठमाडौं – टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत शनिबार नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्कल्याण्ड सम्म राइडको आयोजना गरेको छ । त्यस क्रममा ४० जना राइडर सहभागी थिए ।

त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी समेत दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’

त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य राखेका थिए । उनले अन्य व्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टीभीएसले गरेकोमा खुशी ब्यक्त गरे ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको कम्पनीको भनाइ छ ।

यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ ।

नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने, लियो अपाचे आरटिएक्सको ट्रेडमार्क

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने, लियो अपाचे आरटिएक्सको ट्रेडमार्क

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । एड्भेन्चर सेग्मेन्टको...

टीभीएस अपाचे आरटीआर २०० फोरभी  नेपालमा आयो अब बीएस ६ इन्जिनमा

टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपालमा आयो अब बीएस ६ इन्जिनमा

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले आज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...