कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य
काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...
बजारमा उपलब्ध विभिन्न ब्रान्डका इन्जिन आयल मध्ये क्यास्ट्रोलको नाम अग्रपंक्तिमा आउँछ । नेपाली बजारमा लामो समय देखि कायम रहेको यो लुब्रिकेन्ट रुचाउने ग्राहक धेरै छन् ।
पछिल्लो समयमा क्यास्ट्रोलले आफ्नो लुब्रिकेन्ट वा इन्जिन आयलमा थ्रीएक्स प्रविधि भएको बताइरहेको छ । पहिले उपलब्ध ट्राइजोन प्रविधि भन्दा पनि यो अझै गुणस्तरीय भएको कम्पनीको भनाइ छ ।
क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले क्यास्ट्रोलमा भएको थ्रीएक्स प्रविधिले तीन तरिकाबाट बाइकको इन्जिन बचाउने दावी गर्छन् ।
उनका अनुसार शुरुमा बाइक स्टार्ट गर्दा, बाइक चलिरहेको समयमा र बाइक रोकिएको अवस्थामा गरी तीन अवस्थामा बाइकको इन्जिनमा समस्या आउन सक्छ । करिव ७५ प्रतिशत समस्या यही अवस्थामा आउने गर्छ । तर क्यास्ट्रोलमा भएको थ्रीएक्स प्रविधिले बाइकमा समस्या आउन दिदैन ।
क्यास्ट्रोल लुब्रिकेन्टमा हुने एक्टिबोन्ड मोलिक्युलले यसरी इन्जिन र अन्य पार्ट्स बचाउन भूमिका खेल्छ । सो मोलिक्युल यी सबै अवस्थामा इन्जिन वा अन्य पार्ट्समा टासिएर बस्छ र एक प्रकारको एडिटिभ्सको रुपमा कार्य गर्छ । यसले गर्दा कोरिने वा खिया लाग्ने सम्भावना हुँदैन ।
बाइक रोकिएको अवस्थामा समेत इन्जिन वा पार्ट्सको बाहिरतिर खिया लाग्ने सम्भावना हुन्छ । यो अवस्थामा पनि यसले सुरक्षा गर्छ ।
यी सबैका कारण कुनै पनि बाइकको इन्जिनको आयु ५० प्रतिशत बढाउने रञ्जित दावी गर्छन् ।
क्यास्ट्रोलले हाल सिन्थेटिक प्रविधिका विभिन्न लुब्रिकेन्ट वा इन्जिन आयल उपलब्ध गराइरहेको उनको भनाइ छ ।
काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...
यदि सवारीसाधन एकदमै कम मात्र गुडेको छ र आफ्नो गाडीको इन्जिन आयल फेर्नु...
काठमाडौं – नेपाली बजारमा नयाँ नेपाली लुब्रिकेन्ट आरएपीएल (RAPL)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...