परिक्षणका क्रममा देखियो टियागो ईभी फेसलिफ्ट, छिट्टै लन्च गर्ने तयारी
टाटाले आफ्नो ह्याचब्याक कार टियागोको ईभीलाई अपडेट गरी लन्च गर्ने तयारी...
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले “नयाँ फरएभर रेञ्ज” अन्तर्गतको नयाँ गाडी एनआरजी नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहकतर्फ लक्षित भएको कम्पनीको भनाइ छ ।
“अर्बन टफरोडर” को रुपमा प्रस्तुत गरिएको यसको स्वरुप विशेष खालको छ भने बाहिरी बनावट बलियो र ग्राउन्ड क्लियरेन्स उच्च रहेको छ । सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृवाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ ।
सो गाडी सार्वजनिक कार्यक्रममा बोल्दैै टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले भने “हामी नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छौं । यो टाटाको लोकप्रिय ह्याचब्याकको टफ भर्जन हो, जसले तपाईलाई हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ । ह्याचब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।”
त्यसैगरी, सिप्रदी ट्रेडिंङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी हो जसले हाम्रो टाटा मोटर्ससँगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ । हामी नेपाली ग्राहकसमक्ष उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध छौं ।”
पुस स्टार्ट बटन, रियर पार्किङ क्यामेरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको छ । बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ ।
१२ सय सीसीको इन्जिन क्षमता सहित म्यानुअल र एटीएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभूति गर्दछ । यसको मूल्य ३३ लाख ७५ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।
टाटाले आफ्नो ह्याचब्याक कार टियागोको ईभीलाई अपडेट गरी लन्च गर्ने तयारी...
नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...
बजारमा अहिले सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो मिडसाइज एसयुभी । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...