दुई ब्याट्री विकल्पमा आउँदै किया साइरोस, जुलाई २३ मा लन्च हुने
किया इन्डियाले आगामी २३ जुलाईमा आफ्नो नयाँ ईभी साइरोस लन्च गर्ने तयारी...
कियाले नयाँ जेनेरेसस सेल्टोसलाई औपचारिक रुपमा लन्च गरेको छ । हुन्डाई क्रेटालाई सिधा टक्कर दिनेगरी तयार पारिएको नयाँ सेन्टोसलाई कम्पनीले सुरुवाती मूल्य १० लाख ९९ हजार भारुमा लन्च गरेको हो । नयाँ सेल्टोसलाई ८ भरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।
हुन्डाई मोटर्सको के३ प्लेटफर्ममा निर्माण गरिएको नयाँ सेल्टोस सेग्मेन्टमै सबैभन्दा लामो ह्विलवेस भएको मोडल हो । पुरानो मोडलका तुलनामा एकदमै बोल्ड लुक्स दिइएको सो कारको अगाडि ठूलो टाइगर नोज ग्रिल, एकीकृत एलईडी हेडल्याम्प, ठाडो एलईडी डीआरएल, एल–आकारको एलईडी टेललाइट, नयाँ ओआरभीएम र फ्लश–फिटिङ डोर ह्यान्डल राखिएक छन् ।
कारको भित्री भागमा ३० इन्चको प्यानोरामिक डिस्प्लेको साथ नयाँ ड्यासबोर्ड लेआउट दिइएको छ । जसमा डुअल स्क्रिन, नयाँ ३–स्पोक स्टेयरिङ ह्वील, हेड–अप डिस्प्ले, प्यानोरामिक सनरुफ, रिक्लाइनिङ रियर सिटहरू, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, बोस साउन्ड सिस्टम, एआई एसिस्टेन्ट, ओभर–द–एयर क्षमता र लेभल २ प्लस जस्ता फिचर पाउन सकिन्छ ।
एसयूभीमा १.५ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन, १.५ लिटर टर्बो–पेट्रोल र १.५ लिटर डिजेल पावरट्रेको विकल्प दिइएको छ । नयाँ सेल्टोसमा ६ स्पीड म्यानुअल, ६ स्पीड आईएमटी आईभिटी, ७ स्पीड डिसिटी र ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प पाइनेछ ।
नयाँ सेल्टोस नेपाली बजारमा समेत प्रतिक्षा गरिएको एसयूभी भएका कारण नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले बिक्री छिट्टै यसको बिक्री थाल्ने अनुमान गर्न सकिन्छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...