८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च गरेको छ । शुरुवाती मुल्य ८ लाख भारु निर्धारण गरेर लन्च गरिएको नयाँ अमेज पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने जनाइएको छ । एमटी र सिभीटी ट्रान्समिन विकल्प दिइएको नयाँ अमेजको टप स्पेककलाई १० लाख ९० हजार भारु पर्ने जनाइएको छ । नयाँ अमेज भी, भीएक्स र जेडएक्स गरी कुल तिन भेरिएन्टमा लन्च भएको हो ।

नयाँ अमेजमा होन्डा सिटी र एलिभेटको जस्तै बोल्ड डिजाइन दिइएको छ । यसको फ्रन्ट ठुलो ग्रिलको दुबै छेउमा डीआरएल सहित स्लिकर एलईडी हेडल्याम्पले सुसज्जित छ । ग्रिलको माथि कनेक्टेड क्रोम स्ट्रिप र अपग्रेड गरिएको क्ल्यामशेल बोनेटलाई प्रिमियम टच दिइएको छ। साथै यसको पछाडि एलईडी टेलल्याम्प र नयाँ डिजाइन गरिएको बम्पर प्रदान गरिएको छ । यसमा शार्क फिन एन्टेना, रिभर्स क्यामेरा र नयाँ अलोय ह्विल पनि देखिएको छ । नयाँ अमेजको डिजाइन पुरानो भन्दा निकै फरक छ ।

कारमा नयाँ ड्यासबोर्ड, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको ठुलो ८ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । यसको क्याबिनमा ड्युअल टोन कलर स्किम र नयाँ अपहोल्स्ट्री जस्ता प्रिमियम टच दिइएको छ । यसमा अटोमेटिक एयर कन्डिसन, रियर एसी भेन्ट र वायरलेस फोन चार्जर जस्ता फिचर उपलब्ध छ । यसको टप भेरिएन्टमा सिंगल–पेन सनरुफ प्रदान गरिएको छ ।

सेफ्टीका लागि यसमा ६ एयरब्याग, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, लेन–किपिङ असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र अटोनोमस इमरजेन्सी ब्रेकिङ जस्ता फिचर उपलब्ध गराइएको छ । साथै यसमा ईबीडी सहितको एबीएस, हिल–होल्ड असिस्ट र रिभर्स क्यामेरासहितको पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर उपलब्ध गराइएको छ ।

नयाँ होन्डा अमेजमा पुरानो १.२ लिटर पेट्रोल इन्जिनलाई कायम राखिएको छ । सो इन्जिनले ९० एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्समा ट्युनिङ गरिएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा निर्मित होन्डा एलिभेटलाई जापानमा ५ स्टार रेटिङ, नेपाली बजारमा समेत उपलब्ध

भारतमा निर्मित होन्डा एलिभेटलाई जापानमा ५ स्टार रेटिङ, नेपाली बजारमा समेत उपलब्ध

होन्डा एलिभेटलाई जापान एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ । भारतमा...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

होन्डा सीबी३००एफ बाइक लन्च, यस्तो छ विशेषताहरु

होन्डा सीबी३००एफ बाइक लन्च, यस्तो छ विशेषताहरु

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले हालै होन्डा सीबी३०० एफ ३ रङ र २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...