सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी, अनलाइनमै कर सेवा
काठमाडौं – बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने...
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सको म्याद सकिन १ वर्ष भन्दा कम समय बाँकी भएका सेवाग्राहीलाई नवीकरणका लागि आफूलाई पायक पर्ने यातायात कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । विभागले एक विज्ञप्ति प्रकाशित गर्दै हाल सम्म छाप्न बाँकी सबै लाइसेन्सको छपाई सम्पन्न भएको समेत बताएको छ ।
उक्त सम्झौता अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी रहेका सम्पूर्ण सवारी चालक अनुमतिपत्रको छपाई कार्य सम्पन्न भएको विभागले जनाएको छ । विभागका अनुसार ७ साउनसम्ममा २७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको छ ।
विभागका अनुसार म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने छपाई गरिएको छैन । “म्याद सकिन एक वर्षभन्दा कम अवधि भएका लाइसेन्सको छपाई नगरिएको र नवीकरण पश्चात १० वर्षको अवधिको नयाँ लाइसेन्स प्राप्त हुने व्यवस्था भएकाले, त्यस्ता चालकलाई आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई नवीकरण गर्न अनुरोध गरिएको छ,” विभागले भनेको छ ।
विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न, राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ ।
यसका साथै सवारी चालक अनुमतिपत्रमा रहेका विवरणगत त्रुटिको सुधार, लाइसेन्स छपाई तथा वितरणसम्बन्धी काम सम्बन्धित कार्यालयबाटै तत्काल हुने गरी प्रबन्ध मिलाइएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि द्रुत छपाई (फास्ट ट्र्याक) र कार्ड वितरणसम्बन्धी सेवा प्राप्तिका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा नै सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।
विगत चार वर्षदेखि छपाई मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा स्रोतगत समस्याका कारण चालक अनुमतिपत्र छपाई कार्यमा ढिलाइ हुँदै आएको थियो । यसैबीच, विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिकमा भएको सम्झौता अनुसार सुरक्षण मुद्रण केन्द्रबाट छपाई र विभागबाट वितरणको व्यवस्था मिलाइएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...