यस्तो छ बजाजले हालै सार्वजनिक गरेको पल्सर एफ२५० का ५ विशेषता

बजाजले भारतीय बजारमा नयाँ पल्सर २५० सीसी बाइक रेन्ज लन्च गरेको छ । दुई भेरिएन्ट एन२५० र एफ२५० मा यो मोटरसाइकल लन्च गरिएको छ । यससँगै बजाजको नयाँ पल्सर २५० सिरिजको बारेमा चर्चा शुरु भएको छ ।

पल्सर एन२५० नेकेड रोडस्टर मोटरसाइकल हो भने एफ२५० सेमी फेयर्ड डिजाइनमा उपलब्ध छ । पल्सर एफ२५० को ५ मुख्य विशेषता वारेमा यहाँ चर्चा गरिएको छ ।

डिजाइन
डिजाइनको मामिलामा बजाजले २५० सीसी बाइकमा सबैभन्दा ठूलो अपडेट गरेको छ । नयाँ पल्सर एफ२५० मा सेमी फेयर्ड डिजाइनका साथ एक लामो विन्डस्क्रिन, मस्कुलर १४ लिटरको इन्धन ट्यांकी, स्टेप–अप सिट, स्प्लिट स्टाइल टेललाइट र ट्विन ब्यारेल एक्जस्ट दिइएको छ । त्यसैगरी यसमा ड्युअल टोन काउलको पनि उपयोग गरिएको छ । यसले मोटरसाइकललाई स्पोर्टी स्टाइलमा प्रस्तुत गर्न थप सहयोग गरेको छ ।

यो बाइकको रियर प्यानल बजाज डोमिनार जस्तै देखिन्छ भने स्प्लिट स्टाइल अलोय ह्विल पल्सर एनएस रेन्ज जस्तै छ । हाल यो मोटरसाइकल रेसिङ रेड कलरमा मात्र उपलब्ध भए पनि भविष्यमा अन्य कलरमा समेत उपलब्ध हुने बताइएको छ ।

फिचर
बजाज पल्सर एफ२५० मा सिंगल पोड एलईडी हेडलाइट उपलब्ध छ । यसको पछिल्लो भागमा स्प्लिट स्टाइल एलईडी टेललाइट उपलब्ध छ, जुन पुरै नयाँ डिजाइनमा छ । सेमी डिजिटल युनिटयुक्त इन्स्ट्रयुमेन्ट क्लस्टरले स्पिड र डिस्टेन्सका अलावा गियर पोजिसन, इन्धनको बचत र उपलब्ध रेन्जको वारेमा जानकारी दिन्छ ।

इन्जिन
एफ२५० बजाजले हाल बजारमा उपलब्ध गराएको सबैभन्दा ठूलो इन्जिनयुक्त मोटरसाइकल हो । यो मोटरसाइकल एफआई प्रविधिका साथ २४९.०७ सीसीको सिंगल सिलिन्डर, आयलकुल्ड इन्जिन उपलब्ध छ, जसले ८,७५० आरपीएममा २४.१ बीएचपी पावर ६,५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स दिइएको छ, जसले असिस्ट र स्लिपर क्लच फङसनका साथ आउछ ।

सस्पेन्सन र ब्रेक
पल्सर एफ२५० ट्युबुलर च्यासिसमा तयार गरिएको हो । यसको सस्पेन्सन सेटअपमा ३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क र नाइट्रोक्सका साथ रियर मोनोसक छ । त्यसैगरी अघिल्लो पांग्रामा ३०० एमएम र पछिल्लोमा २३० एमएमको डिस्क ब्रेक छ । ब्रेकिङलाई मजबुत बनाउनका लागि सिंगल च्यानल एबीएस पनि दिइएको छ । यसमा १७ इन्चको अलोय ह्विल छ भने कर्ब वेट १६४ किलोग्राम छ ।

मूल्य र प्रतिस्पर्धा
पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार भारु तोकिएको छ । यसको प्रतिस्पर्धा सुजुकी जिक्सर एसएफ २५०, यामाहा एफजी २५०, केटीएम २५० ड्युक र हस्कभर्ना भिटपिलेन २५० सँग हुनेछ ।

जिक्सर एसएफ २५० को मूल्य ५ लाख २ हजार, यामाहा एफजी २५० को मूल्य ४ लाख ६३ हजार, केटीएम २५० ड्युकको मूल्य ७ लाख २५ हजार र हस्कभर्ना भिटपिलेन २५० को मूल्य ५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा हाल उपलब्ध बजाज पल्सर २२०एफ एबीएसको मूल्य ३ लाख ६० हजार रुपैयाँ छ । आगामी दिनमा नेपाली बजारमा उपलब्ध भएमा पल्सर एफ२५० को मूल्य ४ लाख ५० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सुजुकी भी–स्ट्रोम कि बजाज डोमिनार ४०० ? तपाईको रोजाइमा कुन ?

सुजुकी भी–स्ट्रोम कि बजाज डोमिनार ४०० ? तपाईको रोजाइमा कुन ?

नेपाली बजारमा धेरै मोडलका बाइक बिक्रीका लागि उपलब्ध छन् । मूल्य र फिचरका...

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं – बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स...

महालेखाको प्रतिबेदन भन्छ : मोटरसाइकल एसेम्बल गर्दा अर्थतन्त्र र उपभोक्तालाई फाइदा भएन

महालेखाको प्रतिबेदन भन्छ : मोटरसाइकल एसेम्बल गर्दा अर्थतन्त्र र उपभोक्तालाई फाइदा भएन

सरकारले स्वेदशमै सवारी साधन एसेम्बल गर्न प्रोत्साहन गर्दै आइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...