वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, दुई अर्ब ५६ करोड राजस्व संकलन
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६...
नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ । अलाईटा जेडएन५० सिटी कारलाई आधिकारिक वितरक देसु इन्टरनेश्नलले १० दिनपछि विक्री शुरु गर्न लागेको हो । हाल यसको केही युनिट नेपाल आएर रोड परिक्षण भैरहेको छ । गाडीको नयाँ शोरुम भक्तपुरमा तयार भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
चीनबाट आयत गरी कारोवार शुरु हुन लागेको यो कारमा १० किलोवाट आवरको लिथियम आयोन व्याट्री जडान गरिएको छ । कारको पिक पावर १९ किलोवाट रहेको छ । यो कारलाई एकपटक फूल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले दावी गरेको छ । कारको मूल्य २२ लाख ५० हजार रुपैयाँ तय गरिएको छ ।
४ सिट क्षमताको यो कार २९५० एमएम लामो, १५८० एमएम चौडा र १६५० एमएम अग्लो रहेको छ । यसको ह्विलवेश १९६० एमएम रहको छ । ४ वटै चक्कामा डिस्क व्रेक दिइएको यो कारलाई ८० किलोमिटर प्रतिघन्टासम्मको उच्च गतीमा हाँक्न सकिन्छ । कारमा एउटा सानो सिटी कारमा उपलब्ध हुनुपर्ने सवैजसो सुविधा र फिचर दिइएको कम्पनीको भनाई छ ।
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६...
भारतको प्रख्यात टु ह्विलर इभी निर्माता ओलाले आफ्नो स्कुटर र मोटरसाइकल...
महिन्द्राले भारतको स्वतन्त्रता दिवसको अवसरमा २ वटा ब्रान्डका ५ वटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...