बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’
नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम...
टायर उद्योगमा नयाँ क्रान्ति आएको छ। अहिले ट्युब टायर र ट्युबलेस टायरको सट्टामा एयरलेस टायरको प्रविधि चर्चा बढि चल्न थालेको छ। सेफ्टी, टिकाउपन र न्यून मर्मतसम्भारका कारण यी टायर भविष्यमा सामान्य सवारी साधनमा पनि व्यापक रूपमा प्रयोग हुने अपेक्षा गरिएको छ ।
एयरलेस टायरको मुख्य विशेषता भनेको यसमा हावाको कुनै आवश्यक पर्दैन । यसले पङ्क्चर, ब्लोआउट वा बारम्बार हावा जाँच गर्नुपर्ने झन्झटलाई पूर्ण रूपमा अन्त्य गर्छ । हावाको सट्टा यी टायरमा विशेष संरचनाका रबर स्पोक र बेल्टहरू प्रयोग गरिन्छ, जसले टायरलाई आकार र मजबुती प्रदान गर्छ । बाहिरबाट नै यो संरचना देखिने भएकाले टायरहरू फ्यूचरिस्टिक र आकर्षक देखिन्छ । साथै लामो दूरी वा अफरोडमा पनि यी टायरहरू प्रभावकारी हुन्छ ।
साथै यी टायरहरू मर्मत–रहित भएकाले सामान्य प्रयोगकर्ताका लागि झन्झटमुक्त विकल्प बन्न सक्छ । बारम्बार हावा भर्न नपर्ने, चाप जाँच वा पङ्क्चरको कुनै भय नहुने भएकाले सो प्रविधि छिट्टै लोकप्रिय हुँदै जाने अनुमान छ।
हाल बजारमा उपलब्ध सबैभन्दा किफायती एयरलेस टायरको मूल्य १० हजार देखि २० हजार भारुसम्म रहेको छ । यसको ब्रान्ड, गुणस्तर र आकार अनुसार मूल्य फरक फरक हुन्छ । एयरलेस टायर महँगा देखिए पनि प्रविधि सामान्य हुँदै जाँदा मूल्य घट्ने अपेक्षा गरिएको छ।
यद्यपि, एयरलेस टायरका केही कमजोरी पनि छ । यी टायरहरू बलियो त हुन्छ तर खराब सडकमा केही झट्का महसुस हुन सक्छ । यी टायर सडकसँग बढी सम्पर्क हुने भएकाले तान्ने शक्ति बढी चाहिन्छ, जसले इलेक्ट्रिक सवारीमा ब्याट्री छिटो खपत हुन सक्छ र रेन्ज कम हुन सक्छ र पेट्रोल र डिजेल सवारी साधनमा इन्धन खपत बढ्न सक्छ । इलेक्ट्रिक कारमा इन्जिनको आवाज नहुने भएकाले टायरको ध्वनि र कम्पन अझ स्पष्ट सुनिन सक्छ।
नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम...
काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
काठमाडौं – भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...