युरोपमा २०२५ सम्ममा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने

युरोपमा सन् २०२५ सम्ममा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने भएको छ । यसको लागि आवश्यक तयारी प्रारम्भ गरिएको सो क्षेत्रको शीर्ष वायु सुरक्षा नियामकहरुले बताएका छन् ।

ब्लूमबर्गको रिपोर्ट अनुसार यी हवाई ट्याक्सीहरू यात्रुलाई उडाउने भन्दा पहिले औषधी र अन्य सामग्री आपूर्तिका लागि प्रयोग हुनेछ।यस्ता हवाई ट्याक्सीहरूलाई पाइलट राखिएका हुनेछन् ।

युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (इएएसए) का कार्यकारी निर्देशक प्याट्रिक किले बुधबार भएको एक अनलाइन कार्यक्रममा दिएको जानकारी अनुसार सुरूमा सामग्री ओसारपसारसँगै हवाई ट्याक्सीको प्रयोग र परिक्षण गरिनेछ।

युरोपको आधा दर्जनभन्दा बढी कम्पनीहरूले विद्युतीय हवाई ट्याक्सीको निर्माण घोषणा गरेको रिपोर्टमा उल्लेख गरिएको छ । ठूला विमानहरुका साथै अटोनोमस ड्रोन सेवाहरुले भने थप ५ वर्ष लिनसक्ने किले बताएका छन् ।

इएएसएले मानवरहित उडान विकासको लागि विभिन्न कम्पनीहरूसँग काम थालेको छ। एजेन्सीले अमेरिकी संघीय उड्डयन प्रशासन र अन्य अन्तर्राष्ट्रिय नियामकहरू समन्वयमा काम गरिरहेको बताइएको छ।

सम्बन्धित समाचारहरू

हाइब्रिड प्रविधिमा आउँदै यामाहा एफजेड–एक्स

हाइब्रिड प्रविधिमा आउँदै यामाहा एफजेड–एक्स

यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने भएको छ ।...

यामाहाले नेपालमा ल्यायो रे–जेडआर १२५ एफआई स्ट्रिट -याली हाइब्रिड, यस्ता छन् विशेषता

यामाहाले नेपालमा ल्यायो रे–जेडआर १२५ एफआई स्ट्रिट -याली हाइब्रिड, यस्ता छन् विशेषता

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

सिरिजकी उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

सिरिजकी उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

काठमाडौं – सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...