यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर
यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु...
युरोपमा सन् २०२५ सम्ममा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने भएको छ । यसको लागि आवश्यक तयारी प्रारम्भ गरिएको सो क्षेत्रको शीर्ष वायु सुरक्षा नियामकहरुले बताएका छन् ।
ब्लूमबर्गको रिपोर्ट अनुसार यी हवाई ट्याक्सीहरू यात्रुलाई उडाउने भन्दा पहिले औषधी र अन्य सामग्री आपूर्तिका लागि प्रयोग हुनेछ।यस्ता हवाई ट्याक्सीहरूलाई पाइलट राखिएका हुनेछन् ।
युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (इएएसए) का कार्यकारी निर्देशक प्याट्रिक किले बुधबार भएको एक अनलाइन कार्यक्रममा दिएको जानकारी अनुसार सुरूमा सामग्री ओसारपसारसँगै हवाई ट्याक्सीको प्रयोग र परिक्षण गरिनेछ।
युरोपको आधा दर्जनभन्दा बढी कम्पनीहरूले विद्युतीय हवाई ट्याक्सीको निर्माण घोषणा गरेको रिपोर्टमा उल्लेख गरिएको छ । ठूला विमानहरुका साथै अटोनोमस ड्रोन सेवाहरुले भने थप ५ वर्ष लिनसक्ने किले बताएका छन् ।
इएएसएले मानवरहित उडान विकासको लागि विभिन्न कम्पनीहरूसँग काम थालेको छ। एजेन्सीले अमेरिकी संघीय उड्डयन प्रशासन र अन्य अन्तर्राष्ट्रिय नियामकहरू समन्वयमा काम गरिरहेको बताइएको छ।
यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु...
नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...
यामाहाले भारतमा आफ्नो सवै डिलरलाई ३ वर्षभित्र‘व्लु स्क्वायर फर्म्याट’मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...