थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

काठमाडौं–सीजी मोटर्सले थापाथलीमा आयन र एक्स्पेङ ईभीको एक्स्पेरिएन्स सेन्टर उद्घाटन गरेको छ । यो नयाँ केन्द्र पूरानो सीजी मोटर्स शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटर भित्र अवस्थित छ ।

नयाँ एक्स्पेरिएन्स सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङका आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल यहाँ आयन वाई, आयन भी र एक्स्पेङ जी६ प्रदर्शनमा रहेका छन् ।

आयन वाई र आयन भी लक्जरी मोडेलहरू क्रमशः ५८ लाख ५० हजार र ६९ लाख ९० हजार रुपैयाँमा उपलब्ध छन् । आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूका कारण यी मोडेलहरू लोकप्रिय बन्दै गएका छन् ।

आयन भी लक्जरीमा ७५.३ किलोवाट आवरको म्यागजिन ब्याट्री रहेको छ जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा आफ्नो सेग्मेन्टमा पहिलो पटक उपलब्ध ८–प्वाइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज तथा वार्मर जस्ता विलासी सुविधाहरू छन् ।

आयन वाईमा १०० किलोवाट मोटर रहेको छ जसले अधिकतम २२५ एनएम टर्क प्रदान गर्छ । यसमा प्रयोग गरिएको लिथियम आयरन फस्फेट ब्याट्री को क्षमता ६१.४ किलोवाट आवर रहेको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्छ ।

८४ लाख ९९ हजार मूल्य रहेको एक्स्पेङ जी६ भने प्रिमियम सेग्मेन्टको एसयुभी हो । यसमा ४४० एनएम टर्क, अटो पायलट फिचरहरू, ५–स्टार युरो एनक्याप सुरक्षा रेटिङ, १९० किलोवाट मोटर पावर, एसईपिए२.० स्ट्रक्चर र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन् ।

कम्पनीका अनुसार, यस नयाँ एक्सपेरिएन्स सेन्टरमा आएर ग्राहकले विभिन्न मोडलको ईभीलाई प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, साथै सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, आगन्तुकहरूले विशेष अफरहरू, आकर्षक उपहार र सीजी मोटर्सका ईभी विज्ञहरुबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

निजी क्षेत्रसंगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने : राष्ट्रपति भण्डारी

निजी क्षेत्रसंगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतिय सवारीसाधनको प्रवद्र्धनका...

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

काठमाडौं – सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवल–जगदम्बा मोटर्स प्रालि अन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...