ट्राफिक लाइटमा अब एआई ह्वाइट लाइट पनि समावेश हुने

ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो, पहेँलो र हरियो । यसमा रातो लाइटले सवारी साधन रोक्ने, पहेँलो लाइटले प्रतीक्षा गर्ने र हरियो लाइटमा जाँदा हुन्छ भने संकेत दिएको हुन्छ । तर अब यो लाइटमा चौथौ लाइट पनि थपिने भएको छ । यो चौथौ लाइट आर्टिफिसियल इन्टेलिजेन्स हुनेछ ।

विशेषगरी सेल्फ ड्राइभिङ कार भएको मुलुकका लागि विकसित गरिएको सो लाइटको मुख्य उद्देश्य भनेको ट्राफिक सुव्यवस्थित गर्ने र सवारी साधनमा फ्युल खपत कम गर्नु हो । यसमा समयको साथै पैसाको पनि बचत हुनेछ । सेल्फ ड्राइभिङ सवारी साधनको लागि लन्च गर्न लागेको सो लाइट कम्प्युटर सिस्टमबाट अपरेट हुनेछ ।

नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले निर्माण गरेको सो एआई लाइटको परीक्षण भइसकेको छ । सो परीक्षण माइक्रो ट्राफिक सिम्युलेटरबाट गरिएको हो । सो परीक्षणमा सेल्फ ड्राइभिङ सवारी साधनले यसमा कसरी प्रतिक्रिया गर्छन् भन्ने पत्ता लगाइएको थियो ।

अब आश्चर्य लाग्न सक्छ एआई ह्वाइट लाइटले केको संकेत गर्छ भनेर ? ह्वाइट लाइटले कारलाई अगाडि पछ्याउनु पर्छ भन्ने संकेत दिन्छ ।

विश्वमा धेरै सवारी दुर्घटनाहरु ब्लाइन्ड स्पटका कारण हुने गरेको तथ्य पत्ता लागेका छन् । यस्तो अवस्थामा धेरै सवारीसाधन चोकमा आउँदा ह्वाइट लाइट सक्रिय हुनेछ । यस्तो अवस्थामा यी एआई लाइट र यो मेसिन लर्निङ सिस्टमले ट्राफिकमा जाम र जामबाट बच्न सही निर्णय लिन मदत गर्नेछ ।

सम्बन्धित समाचारहरू

काठमाडौंबाट हराएका ५० मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौंबाट हराएका ५० मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी...

तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई हामी अधिकांशको यात्रा सहयात्री मोटरसाइकल/स्कुटर नै हो भन्दा सायद...

चोरीका सवारीसाधन चलाएमा ५० हजार जरिवाना, अन्य अवस्थामा कति ?

चोरीका सवारीसाधन चलाएमा ५० हजार जरिवाना, अन्य अवस्थामा कति ?

काठमाडौं–यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...