सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत केही वर्षदेखि कम्पनीका कारहरू सर्वाधिक बिक्रीमा छन् ।

मार्च महिनामा भारतमा सबैभन्दा बढी माग भएका १० कारहरु मध्ये ६ वटा मोडल मारुतीका छन् । गत वर्षको मार्चमा १८ हजार ७५७ युनिट मारुतीका कार बिक्री भएका थिए भने यस वर्ष मार्चमा कुल २४ हजार ६३४ युनिट बिक्री भएका छन् ।

मारुती सुजुकीले हालै वागन आरको नयाँ मोडल पनि लन्च गरेको छ । यसको मूल्य ५ लाख ४० हजार तोकिएको छ र यसको टप मोडलको मूल्य ६ लाख ९८ हजार भारु तोकिएको छ ।

मार्च २०२२ मा मारुती सुजुकीको ह्याचब्याक कार वागन आरले अल्टो, हुन्डाई क्रेटा, टाटा नेक्सन, बलेनो, हुन्डाई भेन्यू, टाटा पन्च र किया सेल्टोसलाई पछि पार्दै सबैभन्दा बढि बिक्री हुने कारको उपाधि जित्न सफल भएको छ ।

अपडेट गरिएको वागन आरमा ३ सिलिन्डर १.० लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जसले एएमटी बक्सको साथमा २५.१९ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । वागन आरको सीएनजी ट्रिम्सले नयाँ भेरिएन्टमा ३४.०५ किलोमिटर प्रति किलोग्रामको माइलेज दिने दाबी गरिएको छ । यसको १.२ एल मोटरले ८८.७ बीएचपीको पावर जेनेरेट गर्छ ।

वागन आरको विशेषता भनेको यसको पेट्रोल भेरिएन्ट आईएसएस र एजीएसमा हिल होल्ड असिस्टसँग जोडिएको छ । सो कारमा ४ स्पिकरको साथै १७.७८ सेमी स्मार्टप्ले, स्टुडियो, स्मार्टफोन कनेक्टिभिटी र नेभिगेसन उपलब्ध रहेको छ ।

कारमा कनेक्टेड ड्राइभिङ अनुभव प्रदान गर्न क्लाउडमा आधारित फिचर उपलब्ध छ । कारलाई २ वटा ड्युअल टोन कलर ग्यालेन्ट रेड विथ ब्ल्याक रुफ र म्याग्मा ग्रे विथ ब्ल्याक रुफ सहित विभिन्न नयाँ कलर विकल्पहरूमा पनि पेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

मारुती सुजुकीले यही महिना भारतीय बजारमा नयाँ सुजुकी सेलेरियो सार्वजनिक...

सुजुकी बाइक वा स्कुटरमा नयाँ वर्ष अफर : किन्दा र एक्सचेन्ज गर्दा छुटैछुट

सुजुकी बाइक वा स्कुटरमा नयाँ वर्ष अफर : किन्दा र एक्सचेन्ज गर्दा छुटैछुट

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

काठमाडौं – अहिले बजारमा उपलब्ध मारुती सुजुकी ८०० को मूल्य कति होला ? अनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...