विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको छ । तीन अर्ब लागतमा प्रदेश १ मा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस.डी.केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।

एक वर्षपछि कोरियन प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखिएको कोसी एन के मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । उनले पहिलो चरणमा स्कुल कलेजका लागि विद्युतीय बस उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए ।

त्यसपछि विस्तारै साना गाडी उत्पादन गर्ने लक्ष्य राखिएको पुरीको भनाइ छ । उनका अनुसार उद्योग स्थापनाका लागि आउँदो मार्चमा कोरियन कम्पनीको प्रतिनिधिमण्डल नेपाल आउनेछ । सोही टोलीको अवलोकनपछि प्लान्ट राख्ने स्थान टुङ्गो लाग्नेछ । प्लान्ट राख्ने स्थान छनोटपछि एक वर्षभित्र उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाउने पुरीले बताए ।

सम्बन्धित समाचारहरू

ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक...

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्र सरकारले ओला इलेक्ट्रिकलाई आफ्नो राज्यमा रहेका ९० प्रतिशत...

मध्यपूर्व द्वन्द्वको फाइदा चिनियाँ एनईभीलाई, जिलीको निर्यातमा ४७९ प्रतिशतले उछाल

मध्यपूर्व द्वन्द्वको फाइदा चिनियाँ एनईभीलाई, जिलीको निर्यातमा ४७९ प्रतिशतले उछाल

मध्यपूर्ब द्वन्द्वले चिनियाँ ईभीको माग ह्वात्तै बढाएको छ । मार्चमा मात्रै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...