टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत
लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...
विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको छ । तीन अर्ब लागतमा प्रदेश १ मा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस.डी.केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।
एक वर्षपछि कोरियन प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखिएको कोसी एन के मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । उनले पहिलो चरणमा स्कुल कलेजका लागि विद्युतीय बस उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए ।
त्यसपछि विस्तारै साना गाडी उत्पादन गर्ने लक्ष्य राखिएको पुरीको भनाइ छ । उनका अनुसार उद्योग स्थापनाका लागि आउँदो मार्चमा कोरियन कम्पनीको प्रतिनिधिमण्डल नेपाल आउनेछ । सोही टोलीको अवलोकनपछि प्लान्ट राख्ने स्थान टुङ्गो लाग्नेछ । प्लान्ट राख्ने स्थान छनोटपछि एक वर्षभित्र उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाउने पुरीले बताए ।
लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...
जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको...
टेस्लाका पूर्व मालिक श्रेयांश जैनले आफ्नो ब्रान्ड न्यु मोडल वाई घर लिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...