ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक भेइकल बजारमा टेस्लालाई उछिनेको छ । सन् २०२५ को तेस्रो क्वार्टरमा बीवाईडीले सो लिड गरेको हो ।

अटोमोटिभ ब्लगर टङकुई सोचाङले संकलन गरेको तथ्यांक अनुसार तेस्रो क्वाटर सम्म बीवाईडीले १६ लाख सवारी साधन बिक्री गरेको छ भने टेस्लाले १२ लाख युनिट मात्र बिक्री गर्न सफल भएको छ । यस अनुसार बीवाईडीले टेस्ला भन्दा लगभग ३ लाख ८८ हजार प्योर इलेक्ट्रिक सवारी साधन बिक्री गरेको छ ।

तेस्रो क्वाटर अवधिमा बीवाईडीले ५ लाख ८२ हजार सवारी साधन डेलिभरी गरेको छ भने टेस्लाले ४ लाख ९७ हजार डेलिभरी गरेको छ । यो अवधिमा टेस्लाको डेलिभरीमा भने गत वर्षको तुलना यही क्वाटरको तुलनामा ४ प्रतिशत कमी आएको छ र वार्षिक हिसावमा भने ३१.४ प्रतिशत बढेको छ । टेस्लाको भने क्रमशः २९.४ प्रतिशत र ७.४ प्रतिशत बढेको छ ।

सन् २०२४ को चौथो क्वाटरमा दोस्रो पटक टेस्लालाई जिते पश्चात बीवाईडीले चार क्वाटर सम्म लिड गरिरहेको छ । मार्केट रिसर्च फर्म काउन्टप्वाइन्ट रिसर्च प्रोजेक्टका अनुसार बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक भेइकल बिक्रीमा १५.७ प्रतिशत मार्केट सेयरका साथ २०२५ समापन गर्नेछ ।

यस अनुसार बीवाईडी ईभी उद्योगमा अग्रस्थानमा रहने छ ।

सम्बन्धित समाचारहरू

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७...

एम्पियर बन्यो भारतको पाँचौ ठूलो इलेक्ट्रिक स्कुटर ब्रान्ड, पहिलोपटक ओलालाई उछिन्यो

एम्पियर बन्यो भारतको पाँचौ ठूलो इलेक्ट्रिक स्कुटर ब्रान्ड, पहिलोपटक ओलालाई उछिन्यो

ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले ओला इलेक्ट्रिकभन्दा बढी इलेक्ट्रिक स्कुटर...

डोङफेङको प्रिमियम ब्रान्ड भोयाले सार्वजनिक ग-यो फ्ल्यागसिप एसयूभीको क्यामोफ्ल्याग टिजर इमेज

डोङफेङको प्रिमियम ब्रान्ड भोयाले सार्वजनिक ग-यो फ्ल्यागसिप एसयूभीको क्यामोफ्ल्याग टिजर इमेज

डोङफेङ मोटरको प्रिमियम न्यु इनर्जी भेइकल ब्रान्ड भोयाले यसको नयाँ युगको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...