बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टु ह्विलर्स सेग्मेन्टमा महत्वकांक्षी योजनासहित उत्पादन थालेको महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले हालसम्म यो सेग्मेन्टमा सोचेजस्तो सफलता भने पाउन सकिरहेको छैन । स्कुटर सेग्मेन्टमा ध्यान केन्द्रित महिन्द्राका स्कुटर भारत लगायत अन्य देशहरुमा समेत खासै सफल हुन सकेनन् । मोटरसाइकल सेग्मेन्टमा त झन् यो ब्रान्ड नराम्रोसँग फ्लप नै भयो ।
भारतीय बजारमा महिन्द्राले काइनेटिक ब्रान्डसँग सहकार्य गरी स्कुटर उत्पादन गर्दा यसले राम्रै बजार लिएको थियो । जव काइनेटिक महिन्द्राबाट छुट्टियो त्यसपछि भने यसका उत्पादन खासै सफल हुन नसकेको हो । यद्यपि यो कम्पनी टु ह्विलर सेग्मेन्टको असफलताबाट निराश भने बनिसकेको छैन । चेक रिपब्लिकको आइकनिक ब्रान्ड जावाको स्वामित्व खरिद गरेर यसलाई पुनः बजारमा भित्र्याएपछि महिन्द्राको टु ह्विलर यात्रा हालका दिनमा केही सुखद देखिएको छ । भारतमा अहिले जावा ब्रान्डका मोटरसाइकल राम्रै परिमाणमा बिक्री भइरहेको छ ।
यसअघि महिन्द्रा प्यासेन्जर कार र टु ह्विलरको कारोबार गर्दै आइरहेको नेपालस्थित आधिकारिक बितरक अग्नि ग्रुपले समेत हालै जावा ब्रान्डलाई नेपाल भित्र्याएको छ । भारतीय बजारमा जस्तै नेपाली बजारमा समेत महिन्द्रा टु ह्विलरले बजार लिन नसकिरहेको अवस्थामा सोही कम्पनीको अर्को उत्पादन जावा भित्र्याएर नेपालको टु ह्विलर बजारमा स्थापित बन्ने लक्ष्य सहित अग्नि ग्रुप अघि बढेको सहजै अनुमान लगाउन सकिन्छ ।
के जावामा सफल होला अग्नि ग्रुप ?
प्रोडक्टले नै साथ नदिएका कारण महिन्द्रा टु ह्विलरमा सफल हनु नसकेको अग्नि ग्रुप अहिले सर्बाधिक चर्चामा रहेको जावा मोटरसाइकलको बजारीकरणमा केन्द्रित छ । जावा एक प्रिमियम उत्पादन भएको हुँदा यो केही महंगो हुने नै भयो । क्रुजर सेग्मेन्टका बाइकलाई बजारमा उतारेको कम्पनीले यो सेग्मेन्टको बजार नेपालमा कति छ र भोलिका दिनमा कतिले बढ्न सक्छ भनेर राम्रोसँग अध्यायन गरी बजारीकरणका रणनीतिहरु तय गर्दा राम्रो हुने देखिन्छ ।
यो सेग्मेन्टमा एकछत्र बजार लिन सफल रोयल इन्फिल्ड पुरानो र स्थापित ब्रान्ड भएका कारण राइडरमाझ यसले विश्वास आर्जन गर्न सफल छ । यस्तो अवस्थामा भित्रिएको प्रतिस्पर्धी ब्रान्ड जावा भने नेपाली बजारका लागि बिल्कुलै नयाँ र भारतीय बजारमा समेत यसले झन्डै २ दशकपछि उत्पादन थालेको हो । अहिले जावा परीक्षणकै चरणमा छ भन्दा फरक पर्दैन । यो परीक्षणमा उसको पर्फमेन्स, बिक्री पछिको सेवा र नयाँ मोडलको विकासमा कम्पनीले गर्ने लगानीले नै यसको भविष्य निर्धारण हुने सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाली बजारमा क्रुजर सेग्मेन्टका बाइक वार्षिक ५ हजार हाराहारीमा बिक्री भइरहेको छ । जसमध्ये सर्बाधिक ठूलो हिस्सा रोयल इन्फिल्डको छ भने त्यसपछि बजाज एभेन्जर र अन्य ब्रान्डको छ । यो सेग्मेन्टको बजार एकैपटक ह्वात्तै बढिहाल्ने प्रकृतिको रहदैन । अन्य सेग्मेन्टमा जस्तो क्रुजर सेग्मेन्टको बजार हिस्सा ठूलो परिमाणले नबढ्ने हुँदा अबको केही बर्ष पछिसम्म पनि यो सेग्मेन्टको बजार वार्षिक ५ हजार युनिट हाराहारीमै सीमित रहने देखिन्छ । यस हिसाबले हेर्दा जावाले आफ्नो बजार विस्तार गर्न रोयल इन्फिल्डको हिस्सा खोस्नै पर्ने हुन्छ । जुन उसको लागि त्यत्ति सजिलो भने छैन । यो सेग्मेन्टमा होन्डाले समेत भारतीय बजारमा प्रवेश गर्न लागेका कारण भोलिका दिनहरु झनै प्रतिस्पर्धी बन्नेछ ।
नयाँ ब्रान्डले विश्वास जित्नका लागि एउटै कुरामा ध्यान दिए पुग्छ, त्यो हो शुरुवातमा बाइक खरिद गर्ने राइडरलाई सन्तुष्ट पार्ने र सँगसँगै बिक्री पछिको सेवामा एकदमै ध्यान दिने । यत्ति भयो भने पनि नयाँ ब्रान्डमा आकर्षण बढ्ने देखिन्छ । जसको लाभ जावाले उठाउन सक्छ ।
यस्तो छ नेपाल भित्रिएका जावा बाइक
नेपाली बजारमा जावा क्लासिक र जावा ४२ गरी दुई मोडल भित्रिएका छन् । जसमध्ये जावा ४२ सिंगल च्यानल र डबल च्यानल एबीएससहित २ भेरिएन्टमा उपलव्ध छ । सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यी मोटरसाइकलमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । उक्त इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...