तीन सातामा झन्डै चार लाखले दिए चालक अनुमतिपत्रका लागि आवेदन
काठमाडौं – लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या...
काठमाडौं । बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि ट्रायलमा ७० अङ्क ल्याए पास हुने व्यवस्था केही समयका लागि स्थगित गरिएको छ ।
प्रदेश अन्तर्गतको श्रम, यातायात तथा रोजगार मन्त्रालयले आइतबारदेखि लागू गर्ने भनिएको नयाँ अंकभार प्रणाली आवश्यक तयारी पूरा नहुँदा शुक्रबार नै स्थगित गरेको हो ।
जनशक्ति अभावले आवश्यक तयारी पूरा गर्न नसक्दा मुख्यमन्त्रीको कार्यलयले दिएको निर्देशनका आधारमा तत्कालका लागि प्रक्रिया रोकिएको बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंले जानकारी दिए । यसका लागि आवश्यक तयारी पूरा गर्न थप समय लाग्ने भएकाले हालका लागि स्थगित गरिएको उनले जनाए ।
"शुक्रबार नै मन्त्रयालयबाट जनशक्ति अपुग भएर तयारी पूरा गर्न नसकिने कुरा आयो । निर्देशिका कार्यान्वयन गर्दा हरेक परीक्षार्थीको छुट्टाछुट्टै फाराम तयार गर्नुपर्छ," उनले भने, "त्यसैले पहिले लागू हुन्छ भनेको निर्देशिका पछि स्थगित गर्नुपर्ने निर्णय भयो । नयाँ अंकभार प्रणाली चाँडै नै कार्यान्वयनमा ल्याउने जानकारी आएको छ ।"
काठमाडौं – लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या...
काठमाडौं – ट्राफिक कारवाहीमा परी तपाईको ब्लुबुक वा लाइसेन्स ट्राफिक...
काठमाडौं – बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...