ग्वार्को प्रयोगकर्तालाई ओभरपास संचालन पछि जाममा बस्नु परेको छैन। खुशी हुनु स्वभाविक हो। सातदोवाटो, कोटेश्वर प्रयोगकर्ताले ग्वार्को ओभरपास पछि थप जाम हुन थालेको अनुभव गरेका छन्। एकान्तकुना वा वल्खु चोक प्रयोगकर्ताले पनि ग्वार्को ओमरपास पछि सवारी चाप बढेको अनुभव भन्न थालेका छन्।
कारण :
- चक्रपथ २७ किलोमिटरको छ, ग्वार्कोको सवारी व्यवस्थापन क्षमता ओभरपासले वृद्धि गर्यो तर चक्रपथको क्षमता वृद्धि भएन ।
- ग्वार्कोमा सवारी रोकिदैनन तर ती सवारीहरु पूर्वतिर वालकुमारी र कोटेश्वर चोकमा वा पश्चिमतिर सातदोवाटोमा थुप्रिने भए।
- वालकुमारी , कोटेश्वर वा सातदोवाटोको चोकको क्षमता वृद्धि भएको नहुदा स्वभाविक ग्वार्कोको जाम त्यता सर्ने भयो।
अब के गर्ने ?
- सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्ने योजना तत्काल बढाउन उचित हुन्न।
- केही समय ग्वार्को ओभरपास को अनुभव अध्यायन गरौ। यसबाट आगामी योजना गरौ।
- थप ओभरपास बनाउन हतार नगरौ।
- पुर्वाधार थप गरी जाम व्यवस्थापन हुन्छ भन्ने सोच गलत हो।
- जाम व्यवस्थापन गर्ने उपाय सडकमा सवारी संख्या कम गर्ने रणनीतिबाट हुन्छ।
- सवारी संख्या कम गर्न सार्वजनिक यातायात सुधार गर्नु पर्छ ता कि मानिसहरु निजी सवारीप्रति कम आकर्षित र सार्वजनिक यातायातप्रति ज्यादा आकर्षित होउन्।
- फ्लाई ओभर वा ओभर पास वा चौडा सडक बनाउदा अल्पकालिन रूपमा जाम कम हुने हो।
- दीर्घकालीन समस्याको सामाधान सार्वजनिक यातायातमा राज्यको लगानी हो। यसमा हुईमत नै छैन।
निष्कर्ष :
- ग्वार्को ओभर पास बन्यो , खुशी बनौ, पुर्ण प्रयोग गरौ।
- सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास बनाउन हतार नगरौ।
- ओभरपास वा फ्लाईओभर बनाउने लगानी हाललाई सार्वजनिक यातायात व्यवस्थापनमा गरौ।
- सार्वजनिक यातायातबाट यातायात प्रणाली सुधार हुन्छ।
आशिष गजुरेल