एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

काठमाडौं – नेपाली बजारमा भारतको प्रतिष्ठित बेयरिङ निर्माता कम्पनी अस्टिन इन्जिनियरिङ कम्पनी (एईसी) ले उत्पादन गरेको बेयरिङ बिक्री–वितरण गरिरहेको रोलिङ अटोमोटिभ प्रालिले एईसी उत्सव २०२५ को आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित सो कार्यक्रमलाई ‘एईसी उत्सव २०२५ : सेलिब्रेटिङ मोसन एन्ड इनोभेसन’ भनिएको थियो । सो अवसरमा एईसीका विभिन्न रेन्जका बेयरिङ प्रदर्शन गरिनुका साथै नयाँ स्किम समेत सार्वजनिक गरिएको थियो ।

एईसी उत्सव २०२५ को अवसरमा एईसीका डाइरेक्टर जिग्नेस थान्की, एक्सपोर्ट म्यानेजर निरन रुपारेल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, रोलिङ अटोमोटिभका निर्देशक उत्तम राज गिरी र कार्यकारी निर्देशक विजयराज गिरी लगायतले एईसी बेयरिङको विशेषता र नेपालमा यसको बजार वारेमा जानकारी प्रदान गरेका थिए ।

विभिन्न अटो पार्ट्स बिक्रेता र व्यवसायीहरुको सहभागिता रहेको सो उत्सव उल्लासमय रहेको थियो । नेपालमा उपलब्ध एईसी बेयरिङ ग्राहकले निकै नै रुचाइरहेको बताइएको छ । विभिन्न प्रकारका सवारी साधनमा यस्ता बेयरिङ प्रयोग भइरहेका छन् ।

आईएसओ ९००१ः२०१५ र आईएटीएफ १६९४९ः२०१६ प्रमाणित अस्टिन इन्जिनियरिङ कम्पनी लिमिटेड (एईसी) भारतको अग्रणी बेयरिङ निर्माता कम्पनी हो, जसले कुनै पनि विदेशी सहकार्य बिना नै सबैभन्दा फराकिलो रेन्जमा बल र रोलर बेयरिङ उत्पादन गर्दै आएको छ।

सन् १९७३ मा पाँच प्राविधिक व्यक्तिहरूले स्थापना गरेको सानो साझेदारी फर्मका रूपमा सुरु भएको एईसी आज पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई विश्वभरका ग्राहकहरूलाई उच्च गुणस्तरका बेयरिङ आपूर्ति गर्दै आएको छ।

भारतको गुजरातमा अवस्थित अत्याधुनिक कारखाना करिब ८ हजार ५ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ भने वार्षिक ३० लाखभन्दा बढी बेयरिङ उत्पादन गर्छ । कम्पनीले ६ हजार भन्दा बढी प्रकारका बेयरिङहरू विभिन्न व्यावसायिक र औद्योगिक प्रयोजनका लागि उत्पादन गर्छ ।

एईसीले आफ्नो नवप्रवर्तन, गुणस्तर र प्रविधि सुधारप्रतिको प्रतिबद्धता मार्फत निरन्तर प्रगति गर्दै आएको छ । यही प्रतिबद्धताका कारण एईसी आज विश्व बजारमा एक विश्वसनीय र अग्रणी बेयरिङ निर्माता कम्पनीका रूपमा स्थापित भएको छ ।

सम्बन्धित समाचारहरू

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...

के हो भेन्टिलेटेड सिट ? यात्रालाई सहज र शीतल बनाउन भेन्टिलेटेड सिट कति आवश्यक?

के हो भेन्टिलेटेड सिट ? यात्रालाई सहज र शीतल बनाउन भेन्टिलेटेड सिट कति आवश्यक?

आजकालका कारमा प्रविधिमा व्यापक सुधार हुँदै गइरहेको छ। खासगरी गर्मीमा लामो...

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

भारतको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एक्साइडले देशभित्रै लिथियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...