काठमाडौं भन्दा पहिले पोखरामा लन्च भयो एड्भेन्चर मोटरसाइकल रेभिट २५०

काठमाडौं – नेपाली बजारमा सबैभन्दा पहिले काठमाडौंमा मोटरसाइकल लन्च हुने ट्रेन्डलाई परिवर्तन गर्दै एड्भेन्चर ह्विल्सले पोखरामा नयाँ मोटरसाइकल लन्च गरेको छ । रेभिट ब्रान्डको सो मोटरसाइकलको मूल्य ५ लाख रुपैयाँ भए पनि हाल चाडपर्व अफरको रुपमा ५० हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ ।

चाडपर्व अफरको रुपमा आगामी छठ सम्म यो छुट उपलब्ध हुने बताइएको छ । पोखरा आसपास क्षेत्रमा धेरै एड्भेन्चर डेस्टिनेसन भएकाले एड्भेन्चर ह्विल्सले पहिले देखि नै यस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

करिव २ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने र बाँकी रकम किस्ताबन्दीमा फाइनान्समार्फत तिर्न सकिने सुविधा उपलब्ध छ । मोटरसाइकलमा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध भएको र ड्युरेबल मोटरसाइकल समेत भएकाले यो युवाहरुका लागि आकर्षक बन्ने कम्पनीको भनाइ छ ।

यो मोटरसाइकलमा २५० सीसीको इन्जिन छ, जसले २५ बीएचपी पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । १०.५ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलले ३० देखि ३५ किलोमिटर सम्मको माइलेज दिने बताइएको छ ।

मोटार्ड र डर्ट गरी दुई टायर अप्सनमा उपलब्ध सो मोटरसाइकल रेड र ह्वाइट गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ ।

चिनियाँ कम्पनी रेभिटले नेपाली आयातकर्ताको अनुरोध बमोजिम यसको रिसर्च र डेभलपमेन्ट गरी डिजाइन गरिएको बताइएको छ । नेपाली बजारमा सबैभन्दा पहिले २ वटा मोटरसाइकल ल्याएर करिव २ वर्ष परीक्षण गरेर नेपाली सडक सुहाउदो गरी यसको उत्पादन गरिएको छ ।

हाल यो मोटरसाइकल पोखरामा मात्र बिक्रीका लागि उपलब्ध छ । पहिलो र दोस्रो चरणमा नेपाली बजारमा लागि ल्याइएका सबै मोटरसाइकलको स्टक सकिन लागेको र आगामी छठ पश्चात मात्र काठमाडौं, इटहरी, चितवन र बुटवलमा बिक्रीका लागि उपलब्ध गराइने एड्भेन्चर ह्विल्सको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...