रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान
काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आज आयोजना गरेको रे जेडआर स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगितामा विज्ञान अधिकारी विजेता बनेका छन् । उनी प्रतिलिटर ७५.८९ किलोमिटरको दूरी पार गरेर विजयी बनेका हुन् ।
त्यसैगरी प्रतिलिटर ७४ किमीका साथ भिम बहादुर आलेले दोस्रो र संजिता महर्जनले प्रतिलिटर ७३.५ किमीका साथ तेस्रो स्थान हासिल गरिन् ।
यस पटकको ¥याली महाराजगन्जदेखि बुढानीलकण्ठ हुँदै झोर अनि बौडेश्वर ईको रिसोर्ट सम्म पुगेको थियो । -याली यामाहा शोरुम महाराजगन्जबाट सुरु भएको थियो । -यालीमा सबै रे जेडआर १२५ एफआई चालकहरू सहभागी थिए ।
रे जेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । यो भन्दा पहिले गत मंसिर १७ मा यामाहा नेपालले आयोजना गरेको रे जेडआर १२५ एफआईको माइलेज च्यालेन्जमा उज्वला घिमिरे प्रतिलिटर ६१.४२ किलोमिटरका साथ पहिलो बिजेता बनेकी थिइन् ।
यामाहाको रे जेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भएको कम्पनीको भनाइ छ । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने यो एक मात्र स्कुटर भएको कम्पनीको दाबी छ ।
नयाँ रेजेडआर १२५ एफआईलाई बीएस६ अनुरूप, एयर–कूल्ड, फ्युल–इन्जेक्टेड १२५ सीसी ब्लूकोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ ।
‘नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ । हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रे जेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ।’ एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।
यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न ग्राहकहरू स्वयंलाई संलग्न गरी यस किसिमका ¥यालीलाई निरन्तरता दिइरहने बताएको छ ।
काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...
यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने भएको छ ।...
काठमाडौं – नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...