१२५ सीसीका साथ अझै पावरफुल बनेर आयो टीभीएस जुपिटर स्कुटर
टीभीएस मोटर कम्पनीले भारतमा बिहीबार बहुप्रतीक्षित स्कुटर टीभीएस जुपिटर...
काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड एम्बेसडर प्रदीप खड्काले दाङको लमहीमा हिजो एक कार्यक्रमका बीच टीभीएसको हालै नेपाल भित्रिएको स्कुटर एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर सार्वजनिक गरे ।
जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेल र लमही मोटर्सका प्रमुख सुदीप पाण्डे समेतको उपस्थितिमा सो स्कुटर सार्वजनिक गरिएको हो । जगदम्बा मोटर्सले हाल देशभरका सोरुममा सो स्कुटर सार्वजनिक गरिरहेको छ ।
टीभीएस एनटर्क नेपाली बजारमा निकै नै लोकप्रिय स्कुटर हो । हालै यो स्कुटर ५० हजार युनिट बिक्री भएको कम्पनीले घोषणा गरेको छ । नयाँ बीएस६ तथा यसमा भएको एफआई सिस्टमले १२५ सीसीको सो स्कुटर थप पावरफुल र उत्कृष्ट माइलेज दिने लमही मोटर्सका प्रमुख सुदीप पाण्डेले बताए । लमही मोटर्स केही दिन पहिले देखि मात्र सञ्चालनमा आएको टीभीएसको नयाँ सोरुम हो ।
एनटर्क सिरिज अन्तर्गतको यो स्कुटरमा बीएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ । जसलाई कम्पनीले एफआई भन्दा पनि राम्रो दाबी गरेको छ । नयाँ स्कुटरको मूल्य २ लाख ७७ हजार ९ सय कायम गरिएको छ ।
नयाँ एनटर्कमा १२५ सीसी क्षमताको आरटीएफआई इन्जिन जडान गरिएको छ । जसको अर्थ हुन्छ रेस ट्युन्ड फ्युल इन्जेक्सन । यो प्रविधिका कारण यो स्कुटरले एफआई इन्जिन जडान गरिएका अन्य स्कुटरको तुलनामा थप पावर तथा पर्फमेन्स उपलब्ध गराउँछ । यो स्कुटरको अधिकतम पावर ९.२५ बीएचपी र टर्क १०.५ एनएम रहेको छ । यसको अधिकतम गति ९५ किलोमिटर प्रतिघण्टा रहेको छ भने स्कुटर स्टार्ट गरिएको ९ सकेन्डभित्रै ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।
सेग्मेन्टमै पहिलो फिचर्स अन्तर्गत यसमा अत्याधुनिक प्रविधिको स्मार्ट कनेक्ट फिचर्स उपलब्ध गराइएको छ । यो स्कुटरमा ब्लुटुथ कनेक्टेड स्पिडोमिटर, ६० फिचर्स समाबेश गरिएको पूर्णत डिजिटल कन्सोल, मल्टी मोड डिस्प्ले, फोन र म्यासेज र मिसकलका बारेमा सचेत गराउने फिचर्स, नेभिगेसन असिस्ट, इन्जिन टेम्पेचर इन्डिकेटर, फोन सिग्नल र फोन ब्याट्री स्ट्रेन्थ डिस्प्ले र अटो रिप्लाई एसएमएस जस्ता फिचर्स कनेक्ट गर्न सकिन्छ ।
टीभीएस मोटर कम्पनीले भारतमा बिहीबार बहुप्रतीक्षित स्कुटर टीभीएस जुपिटर...
काठमाडौं – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...