टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक एलसिभीलाई कम्पनीले अघिल्लो वर्ष लन्च गरेको थियो । मिनी पिकअपका नामले समेत चिनिने यो इलेक्ट्रिक कार्गोको मूल्य ९ लाख ९९ हजार भारु निर्धारण गरिएको छ ।

टाटाले यसको पहिलो लट डिएचएल, फेडेक्स, अमेजन, फ्ल्पिकार्ट, जोन्सन एण्ड जोन्सन कन्जुमर हेल्थ, सेफ एक्सप्रेस र ट्रेन्ट लिमिटेडलाई हस्तान्तरण गरेको हो । माग अत्याधिक रहेका कारण यसको सप्लाईलाई विस्तारै सहज वनाउने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको इभोजेन प्लेटफर्ममा तयार भएको यो एलसिभीले सिंगल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसमा २१.३ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक जडान गरिको छ ।

३६ हर्ष पावर र १३० एनएम टर्क भएको एस इलेक्ट्रिकले ६ सय किलोसम्मको भार वहन गर्नसक्ने दावी छ । यसलाई २२ डिग्रीसम्मको उकालो बाटोमा चलाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १६० एमएम रहेको छ ।

कम्वस्चन इन्जिन जडित एस विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रद्धीले भारतमा उत्पादन भएका टाटा मोटर्सका प्राय सवैजसो मोडल आयत गरी विक्री वितरण गरिरहेका कारण यो इलेक्ट्रिक एलसिभी समेत छिट्टै नेपाल आउनसक्ने आँकलन गरिएको छ । नेपालमा हाल टाटाका इलेक्ट्रिक कार नेक्सन र टिगोरले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सम्बन्धित समाचारहरू

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट...

हर्विनले ल्यायो ३०० किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

हर्विनले ल्यायो ३०० किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक सवारी निर्माता कम्पनी हर्विनले ईआईसीएमए २०२२ मा आफ्नो पहिलो...

एमएडब्लू वृद्धिको अर्को माइलस्टोन : नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो सार्वजनिक

एमएडब्लू वृद्धिको अर्को माइलस्टोन : नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो सार्वजनिक

काठमाडौं – नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...