नेपाली बजारमा अर्को इलेक्ट्रिक स्कुटर टीएनआर : १ लाख ४० हजार मूल्य सम्मका ६ मोडल
काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...
टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक एलसिभीलाई कम्पनीले अघिल्लो वर्ष लन्च गरेको थियो । मिनी पिकअपका नामले समेत चिनिने यो इलेक्ट्रिक कार्गोको मूल्य ९ लाख ९९ हजार भारु निर्धारण गरिएको छ ।
टाटाले यसको पहिलो लट डिएचएल, फेडेक्स, अमेजन, फ्ल्पिकार्ट, जोन्सन एण्ड जोन्सन कन्जुमर हेल्थ, सेफ एक्सप्रेस र ट्रेन्ट लिमिटेडलाई हस्तान्तरण गरेको हो । माग अत्याधिक रहेका कारण यसको सप्लाईलाई विस्तारै सहज वनाउने कम्पनीले जनाएको छ ।
टाटा मोटर्सको इभोजेन प्लेटफर्ममा तयार भएको यो एलसिभीले सिंगल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसमा २१.३ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक जडान गरिको छ ।
३६ हर्ष पावर र १३० एनएम टर्क भएको एस इलेक्ट्रिकले ६ सय किलोसम्मको भार वहन गर्नसक्ने दावी छ । यसलाई २२ डिग्रीसम्मको उकालो बाटोमा चलाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १६० एमएम रहेको छ ।
कम्वस्चन इन्जिन जडित एस विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रद्धीले भारतमा उत्पादन भएका टाटा मोटर्सका प्राय सवैजसो मोडल आयत गरी विक्री वितरण गरिरहेका कारण यो इलेक्ट्रिक एलसिभी समेत छिट्टै नेपाल आउनसक्ने आँकलन गरिएको छ । नेपालमा हाल टाटाका इलेक्ट्रिक कार नेक्सन र टिगोरले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...
काठमाडौं – चौधरी ग्रुुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट...
२०२५ बीवाईडी सिल इलेक्ट्रिक सेडान लन्च गरिएको छ । यसमा पहिलेको भन्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...