दुर्घटना बीमा अब एक महिना अवधिको पनि गर्न सकिने

बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिले दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयारी गरी त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी प्रचलनमा ल्याउन बीमा ऐनअनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्रै जारी हुनेछ । बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट) सहित उल्लेख गर्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरुले व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारको बीमालेख जारी गर्नुपर्नेछ ।

बीमितको अनुरोधमा निर्र्जीवन बीमा कम्पनीहरुले छोटो अवधिको लागि बीमालेख जारी गर्न सकिने समेत व्यवस्था गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । छोटो अवधिका बीमालेखमा लाग्ने बीमा शुल्क समेत फरक हुने निर्देशिकामा उल्लेख छ । व्यक्तिले आफ्नो आवश्यकता अनुसार एक महिनाका लागि समेत बीमालेख खरिद गर्न सक्ने व्यवस्था निर्देशिकामा व्यवस्था छ ।

निर्देशिका अनुसार एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एकदेखि ३ महिनाका लागि ५० प्रतिशत, ३ देखि ६ महिनाका लागि ६० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मका लागि शतप्रतिशत बीमाशुल्क लाग्ने छ । बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुने व्यवस्था निर्देशिकाले गरेको छ । व्यक्तिगत दुर्घटना बीमाको लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार न्यूनतम २ रुपैयाँ हुनेछ ।

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ कायम गरिएको छ ।व्यक्तिगत दुर्घटना बीमालेखमा एकपटक बीमालेख जारी भएपश्चात बीमा अवधिभर बीमादर बढाउन वा घटाउन नपाउने व्यवस्था निर्देकिशकाले गरेको छ ।

सम्बन्धित समाचारहरू

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको पद हस्तान्तरण सम्पन्न, व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको पद हस्तान्तरण सम्पन्न, व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने

बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ महाअधिवेशनबाट निर्वाचित...

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला, कोइरालाको प्यानल नै विजयी

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला, कोइरालाको प्यानल नै विजयी

काठमाडौं – सेकेन्ड ह्यान्ड सवारी साधन बिक्रेता व्यवसायीहरुको संगठन नेपाल...

हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...