जनवरी १ देखि सबै बाइक र स्कुटरमा एबीएस अनिवार्य, मूल्य बढ्ने अनुमान

भारतको केन्द्र सरकारले जनवरी १, २०२५ देखि भारतमा उत्पादित सबै इन्ट्री लेभल दुई पाङ्ग्रे सवारी साधनमा एन्टी लक ब्रेकिङ सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ। यसमा पेट्रोलका साथसाथै इलेक्ट्रिक बाइक र स्कुटर पनि समावेश छ । सरकारले यस कदममार्फत सडक दुर्घटना र त्यसबाट हुने मृत्यु दर घटाउने लक्ष्य लिएको छ।

सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको सूचनामा अबदेखि एल२ श्रेणीमा पर्ने सबै दुई पाङ्ग्रे सवारी साधनमा एबीएस उपलब्ध गराउनुपर्ने भनिएको छ। यसअघि यो नियम १२५ सीसी वा सोभन्दा बढी इन्जिन भएका बाइक र स्कुटरका लागि मात्र लागू थियो।

नयाँ नियम ५० सीसी मोटर र ५० किलोमिटर प्रतिघण्टा भन्दा कम गति भएका इलेक्ट्रिक सवारीमा भने लागू हुने छैन  । साथै, हरेक नयाँ बाइक वा स्कुटर किन्दा डिलरले दुईवटा बीआईएस प्रमाणित हेलमेट पनि उपलब्ध गराउनुपर्नेछ ।

एन्टि लक ब्रेकिङ सिस्टमले तीव्र गतिमा अचानक ब्रेक लगाउँदा सवारीको पाङ्ग्रा लक हुनबाट जोगाउँछ। यदि पाङ्ग्रा लक भएमा गाडी चिप्लिन सक्छ र दुर्घटना हुनसक्छ। एबीएसले यस्तो अवस्थालाई रोक्दै सवारीलाई नियन्त्रणमा राख्न सहयोग गर्छ। विभिन्न अध्ययन अनुसार एबीएसले दुर्घटनाको जोखिम ३५–४५ प्रतिशतसम्म घटाउन सक्छ, विशेष गरी चिप्लो सडक वा वर्षाको मौसममा।

हाल १०० सीसी देखि १२५ सीसीका बाइकहरूमा प्राय: कम्बी ब्रेकिङ सिस्टम प्रयोग गरिन्छ, जसले एकसाथ अगाडिको र पछाडिको ब्रेक सक्रिय गर्छ। तर यो एबीएस जत्तिकै प्रभावकारी छैन। त्यसैले अबदेखि १०० सीसीका बाइकमा पनि एबीएस अनिवार्य हुनेछ।

यस नियमले मूल्यमा प्रत्यक्ष असर पार्नेछ। रिपोर्टका अनुसार बाइकको मूल्य ३ हजार देखि १० हजार भारुसम्म बढ्न सक्छ, किनभने एबीएसको लागि ड्रम ब्रेकको सट्टा डिस्क ब्रेक प्रयोग गर्नुपर्नेछ।

सो नयाँ नियमले सवारी सुरक्षाको दृष्टिले ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि, यसले उपभोक्ताको लागि सवारीको लागत बढाउने भएकाले बजारमा यसको प्रभाव सावधानीपूर्वक मूल्याङ्कन गरिनेछ।

सम्बन्धित समाचारहरू

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

काठमाडौँ – राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने...

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...