युरोपमा उत्पादन विस्तार गर्दै बीवाईडी, फ्रान्समा प्लान्ट किन्ने तयारी
काठमाडौं–बीवाईडीले युरोपमा आफ्नो बजार विस्तार गर्न फ्रान्समा रहेको...
काठमाडौं–भारतीय अटो उत्पादक जेएसडब्लू मोटर्सले आफ्नो नयाँ ब्रान्ड पहिचान सार्वजनिक गरेको छ । कम्पनीले डिसेम्बर ३, २०२६ मा भारतीय बजारमा प्रवेश गर्ने तयारीसँगै नयाँ लोगो सार्वजनिक गरेको हो ।
कम्पनीको नयाँ लोगोमा एउटै निरन्तर अण्डाकार आकृतिभित्र दुईवटा केन्द्रबिन्दु समेटिएका छन् । यसको डिजाइन गोल्डेन रेसियोमा आधारित रहेको कम्पनीले जनाएको छ । लोगोले मानिस, प्रविधि र मोबिलिटीबीचको सम्बन्ध तथा एकता, प्रगति र सामूहिक विकासलाई प्रतिनिधित्व गर्छ ।
कम्पनीले आफ्नो ब्रान्डको मुख्य रङ कालो र सेतो तथा सहायक रङका रूपमा टिल प्रयोग गर्नेछ । नयाँ लोगो कम्पनीका सबै गाडी, डिलरशिप र डिजिटल प्लेटफर्ममा प्रयोग गरिने उल्लेख गरिएको छ ।
जेएसडब्लू मोटर्सले डिसेम्बर ३ मा आफ्नो पहिलो एसयूभी कम्ब्याट सार्वजनिक गर्ने तयारी गरेको छ । यो चीनको चेरी अटोमोबाइलको जेटोर टी२ प्लेटफर्ममा आधारित प्लगइन हाइब्रिड एसयूभी हुने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...