अयोध्याबाट जनकपुरधाम आइपुग्यो सरयू–कमला एक्सप्रेस, हजारभन्दा बढी तीर्थयात्री

जनकपुरधाम - भारतको अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि रेल सेवा सुरु भएको हो।

सोमबार दिउँसो १२ः३० बजे अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान पौने १० बजे जनकपुरधाम आइपुगेको हो। १७ डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री आएको अनुमान नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले गरेका छन्।

जनकपुरधाम आइपुगेका रेल तथा तीर्थयात्रीलाई सरकारी प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासीले नेपाल तथा भारतका राष्ट्रिय झण्डा फहराउँदै स्वागत गरेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले समेत रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलको स्वागत गरेका छन्। स्वागतका क्रममा फूलमाला, परम्परागत झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा परम्परागत रोटीबेटी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गरिएको हो। भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको माइती जनकपुरधामलाई जोड्ने यस सेवाले दुई देशबीच धार्मिक पर्यटन तथा तीर्थाटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जनकपुरधाम पुगेका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार तीर्थयात्रीका लागि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ।

रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने कार्यक्रम रहेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...