टीभीएसको लोकप्रिय कम्युटर बाइकको बिक्री बन्द
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय कम्युटर मोटरसाइकल स्टार सिटी प्लसको...
काठमाडौं - टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंमा नयाँ शोरुम उद्घाटन गर्दै प्रिमियम मोटरसाइकल र विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध गराउने भएको हो।
टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा भव्य बाइक र्यालीसमेत आयोजना गरिएको थियो।
शोरुम उद्घाटनसँगै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीप्रभावित क्षेत्रका विभिन्न सरकारी निकाय तथा संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। सुगन्धा सिंह र अश्विनले सम्बन्धित संस्थाका प्रतिनिधिलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका थिए।
मोटरसाइकल प्राप्त गर्ने संस्थामा नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, त्यहाँका सरकारी विद्यालय तथा अस्पताल, उत्तरगया गाउँपालिका र त्यहाँका सरकारी विद्यालय तथा अस्पताल रहेका छन्। यी सवारीसाधनले बाढीप्रभावित क्षेत्रमा सेवा प्रवाह र पुनःस्थापनाका कामलाई सहज बनाउने कम्पनीको अपेक्षा छ।
कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा तयार पारेको कस्टमाइज हेल्मेटसमेत सार्वजनिक गरिएको थियो। नेपाली कला र सिर्जनशीलतालाई टीभीएसको प्रिमियम ब्रान्ड पहिचानसँग जोड्ने उद्देश्यले हेल्मेट तयार गरिएको कम्पनीले जनाएको छ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको बताए। नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालनले बजारमा कम्पनीको उपस्थिति थप बलियो बनाउने उनको भनाइ छ। ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्नुका साथै समुदायमा सकारात्मक प्रभाव पार्ने कामलाई पनि कम्पनीले प्राथमिकता दिएको उनले उल्लेख गरे।
त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो सहकार्यले नेपाली बजारमा ब्रान्डको उपस्थिति विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। बिक्रीपछिको सेवा, ग्राहक सहभागिता र सामुदायिक कार्यक्रममार्फत ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्न सफल भएको उनको भनाइ थियो।
९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएस मोटर कम्पनी विश्वकै तेस्रो ठूलो दुईपाङ्ग्रे सवारीसाधन निर्माता हो। नेपालमा जगदम्बा मोटर्ससँगको सहकार्यमा कम्पनीले विगत १५ वर्षदेखि आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।
नयाँ प्रिमियम शोरुममा टीभीएस अपाचे आरटीआर २०० फोरभी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० फोरभी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर उपलब्ध हुनेछन्। यसका साथै प्रिमियम मोटरसाइकलका लागि आधिकारिक गियर, एसेसरिज र कस्टमाइज हेल्मेटसमेत बिक्री गरिने कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ शोरुममार्फत प्रिमियम तथा विद्युतीय सवारीसाधनको बिक्री विस्तारसँगै ग्राहकलाई थप सुविधासम्पन्न ब्रान्ड अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...